+
+
Shares

बैंकिङ क्षेत्र सुधार सुझाव पेस गर्न तीन सदस्यीय कार्यदल गठन

संयोजकमा रेवतबहादुर कार्की

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको सुधारका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
  • कार्यदलले बैंकिङ नीति, ग्रामीण कर्जा, मर्जर समस्या र पूँजीबजार विकासका विषयमा अध्ययन गर्नेछ।
  • कार्यदलको समयावधि एक महिना रहेको र आगामी मौद्रिक नीतिमा सुझाव दिनेछ।

३० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न कार्यदल गठन गरेको छ । केन्द्रीय बैंकले नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

पूर्वबैंकर भुवनकुमार दाहाल सदस्य रहेको उक्त कार्यदलमा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेल सदस्य सचिव रहने केन्द्रीय बैंकले जनाएको छ ।

कार्यदलको समयावधि भने एक महिनाको रहेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले आगामी मौद्रिक नीति ल्याउन बैंकिङ क्षत्रेका समस्या सम्बोधन गर्ने गरी अध्ययन गराउन लागेको हो ।

कार्यदल बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील, जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा अध्ययन गर्नेछ ।

साथै कार्यदलले आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा समेत अध्ययन गरी केन्द्रीय बैंकलाई सुझाउने छ ।

कार्यदललले ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा पनि अध्ययन गरी उपयुक्त सुझाव दिनेछ ।

बैंक तथा वित्तीय संस्थाको मर्जरपछिका समस्याहरूको पहिचान तथा समाधान गर्ने विषयमा पनि कार्यदलले अध्ययन तथा अनुसन्धान गर्नेछ ।

नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा पनि कार्यदलले काम केन्द्रीय बैंकले सुझाएको छ ।

कार्यदलले पूँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका विषयमा पनि अध्ययन गरी सुधारका लागि आवश्यक कदम सुझाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?