+
+
Shares

बर्खा लागेसँगै महानगरको मनसुनजन्य विपद् प्रतिकार्य तयारी

यसवर्ष औसतभन्दा धेरै वर्षा हुने अनुमान गरिएको छ । यसबाट आउन सक्ने बाढी र डुबानजस्ता विपद्बाट जनधनको क्षति घटाउन अभ्यास गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले मनसुन सुरु भएसँगै विपद् प्रतिकार्य तयारी गरेको छ।
  • आज गरिएको संयुक्त अभ्यासमा पानीमा डुबेको व्यक्तिलाई उद्धार र प्राथमिक उपचार अभ्यास गरिएको थियो।
  • महानगरले विपद् व्यवस्थापनका लागि तालिम र संसाधन व्यवस्था गरेको र साझेदारसँग समन्वय गरेको बताइन्छ।

३० जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाले मनसुन सुरु भएसँगै विपद् प्रतिकार्य तयारी गरेको छ ।

आज शुक्रबार महानगर प्रहरी बल, सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेडक्वार्टर र नेपाल प्रहरीको संयुक्त आयोजनामा रानीपोखरीमा मनसुनजन्य विपद प्रतिकार्य संयुक्त कृत्रिम अभ्यास गरिएको हो ।

अभ्यासमा पानीमा डुबेको व्यक्तिलाई डोरीको मद्दतले उद्धार गर्ने, ढुंगा तथा अन्य स्थानीय स्तरमा उपलब्ध स्रोतसाधन उपयोग गर्ने, उद्धारकर्ता पौडेर गएर बचाउने, खहरेमा परेको व्यक्तिलाई बचाउने, डुंगा पल्टियो भने त्यसलाई व्यवस्थापन गर्ने, पानीबाट उद्धार गरिएको व्यक्तिलाई प्राथमिक स्वास्थ्योपचार गर्ने, आवश्यकताका आधारमा अस्पताल लैजाने अभ्यास गरिएको थियो । यसका लागि महानगर प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक वटा डुंगा प्रयोग गरिएका थिए ।

गत वर्ष जल उत्पन्न प्रकोपले काठमाडौंमा जनधनको क्षति गरेको थियो । यस वर्ष औसतभन्दा धेरै वर्षा हुने अनुमान गरिएको छ । यसबाट आउन सक्ने बाढी र डुबानजस्ता विपद्बाट जनधनको क्षति घटाउन अभ्यास गरिएको हो ।

महानगरले १ नगर प्रहरी निरीक्षक, १६ नगर प्रहरी हवल्दार र ३ नगर प्रहरी जवान गरी २० जनालाई जलजन्य विपद् व्यवस्थापन प्रतिकार्य तालिम दिएको हो ।

आजको अभ्यासमा नेपाल रेडक्रस सोसाइटी, स्काउट सहित साझेदारले भाग लिएका थिए ।

विपद्‌मा पहिलो दायित्व स्थानीय तहको

नागरिकका आँगनमै रहेकाले विपद्जन्य घटनामा सबैभन्दा पहिलो सम्पर्क हुने सरकारको निकाय स्थानीय तह भएको बताउँदै काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले महानगरले यो दायित्व पूरा गराउन नीति, योजना तथा कार्यक्रम र बजेट व्यवस्था गरेर काम गरिरहेको बताइन् ।

‘तहगत सरकारका बीचमा समन्वय र सहकार्य संविधानको मर्म हो । आजको कृत्रिम अभ्यास यसको उदाहरण हो,’ उनले भनिन्, ‘गएको वर्षको पानीजन्य विपद्ले पाठ सिकाएको छ । त्यस समयमा गरिएको सिकाइलाई आधार मानेर दक्षता बढाउनु पर्छ । सम्भावित प्रकोप व्यवस्थापन गर्न तयारी अवस्थामा रहनुपर्छ ।’

कार्यक्रममा सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठले साझेदारका बीचमा भएको स्रोत, सिप र क्षमता एकीकृत गरेर विपद् सामना प्रभावकारी बनाउन सकिन्छ भन्ने आजको कार्यक्रमले दिएको सन्देश रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?