+
+
Shares

बैंक तथा वित्तीय संस्थाको ‘प्रोभिजन रिटर्न’ र कमिसन आम्दानी बढ्दा खुद नाफामा १६ प्रतिशत सुधार

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानी बापत फिर्ता र कमिसन आम्दानी बढाउँदा नाफामा सुधार भएको हो।
  • चालु आर्थिक वर्ष १० महिनामा बैंकहरूको खुद नाफा १५.८४ प्रतिशतले वृद्धि भएको छ।
  • बैंकहरूले चैतसम्म ४.५ खर्बभन्दा बढी ब्याज र ३१ अर्बभन्दा बढी फी तथा कमिसन आम्दानी गरेको छन्।

३० जेठ, काठमाडौं। बैंक तथा वित्तीय संस्था रिकभरीमा सक्रिय भएसँगै त्यसको प्रभाव खुद नाफामा देखिन थालेको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानी बापत फिर्ता तथा कमिसन आम्दानी बढाउँदा समग्र नाफामा सुधार देखिएको हो ।

चालु आर्थिक वर्ष १० महिना अर्थात् वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको खुद नाफा १५.८४ प्रतिशत बढेको छ । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी १०, कमिसन एन्ड फी आम्दानी १०.१२, जोखिम व्यवस्थावाट फिर्ता भएको आम्दानी ९.५९ तथा कर्जा अपलेखन भएको आम्दानी ३२.२५ प्रतिशत बढेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आव २०८१/८२ चैतसम्म ४५ अर्ब ८३ करोड खुदा नाफा गरेका बैंक तथा वित्तीय संस्थाले वैशाखमा ५३ अर्ब ९ करोड खुद नाफा गरेका छन् । यो नाफा गत आव १० महिनाको तुलनामा भने समान्य थोरै हो । गत आव सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको खुद नाफा ५३ अर्ब १९ करोड थियो ।

बैंक तथा वित्तीय संस्थाको चालु आव वैशाखको नाफा वृद्धि दर भने घटेको छ । गत आव वैशाखमा बैंक तथा वित्तीय संस्थाको नाफा चैतको तुलनामा १९ प्रतिशत बढेको थियो । तर, चालु आव यस्तो दर १५.८४ प्रतिशतमा सीमित भएको हो ।

बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानी बापत फिर्ता तथा कमिसन आम्दानी बढाउँदा समग्र नाफामा सुधार देखिएको हो ।

चालु आव वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले ४ खर्ब ६९ अर्ब ब्याज आम्दानी गरेका छन् । चैतसम्म बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी ४ खर्ब २४ अर्ब रुपैयाँ थियो ।

त्यसैगरी चालु आव १० महिनामा बैंक तथा वित्तीय संस्थाले ३१ अर्ब ३४ करोड फी तथा कमिसन आम्दानी गरेको छ । यो आम्दानी चैतसम्मको तुलनामा १०.१२ प्रतिशतले धेरै हो । चैतमा बैंक तथा वित्तीय संस्थाको फी तथा कमिसन आम्दानी २८ अर्ब ४६ करोड थियो ।

चालु आव वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको नोक्सानी व्यवस्थाबाट फिर्ता भएको रकम ४२ अर्ब १८ करोड रुपैयाँ फिर्ता गरेका छन् । बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानी व्यवस्था नाफाबाट गर्नुपर्छ । कर्जा असुली भएपछि जोखिम व्यवस्थाको रकम पुनः नाफामा फिर्ता हुन्छ ।

चालु आव १० महिना अर्थात् वैशाखसम्म वाणिज्य बैंकहरूले ४७ अर्ब ७९ करोड खुद नाफा गरेका छन् । यो नाफा चैतको तुलनामा १५.८६ प्रतिशतले धेरै हो । गत चैतमा बैंकहरूले ४१ अर्ब २५ करोडमात्र नाफा गरेका थिए । गत आव वैशाखमा वाणिज्य बैंकहरूको खुद नाफा ४८ अर्ब ६० करोड थियो ।

त्यसैगरी वैशाखसम्म विकास बैंकहरूले ४ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा चालु आव ९ महिनाको तुलनामा १७.७६ प्रतिशत धेरै हो । गत चैतमा विकास बैंकहरूले ३ अर्ब ९० करोड खुद नाफा गरेका थिए । गत आव २०८०÷८१ वैशाखसम्म विकास बैंकहरूको खुद नाफा ४ अर्ब १७ करोड थियो ।

यसैगरी चालु आव वैशाखसम्म फाइनान्स कम्पनीहरूले ६९ करोड खुद नाफा गरेका छन् । यो नाफा चैतको तुलनामा ३.३६ प्रतिशतमात्र धेरै हो । गत चैतमा फाइनान्स कम्पनीको खुद नाफा ६७ करोड थियो । गत आव वैशाखसम्म फाइनान्स कम्पनीहरूको खुद नाफा ४१ करोड रुपैयाँमात्र थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?