+

रोनाल्डो बने ई-स्पोर्ट्स् विश्वकपका ग्लोबल एम्बासडर

२०८२ जेठ  ३१ गते ८:१२ २०८२ जेठ ३१ गते ८:१२
रोनाल्डो बने ई-स्पोर्ट्स् विश्वकपका ग्लोबल एम्बासडर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ई-स्पोर्ट्स विश्वकप फाउन्डेशनले क्रिस्टियानो रोनाल्डोलाई २०२५ को ई-स्पोर्ट्स विश्वकपको ग्लोबल ब्रान्ड एम्बासडर घोषणा गरेको छ।
  • फाउन्डेशनले परम्परागत खेलकुद र ई-स्पोर्ट्सबीचको अन्तर घटाउने लक्ष्य राखेको र रोनाल्डोले 'राइज एबभ' नारालाई प्रचार गर्नेछन्।
  • प्रतियोगितामा २००० खेलाडी, २०० क्लब र १०० देश सहभागी हुनेछन् र पुरस्कार रकम ७ करोड अमेरिकी डलरभन्दा बढी हुनेछ।

३१ जेठ, काठमाडौं । ई-स्पोर्ट्स विश्वकप फाउन्डेशनले स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई सन् २०२५ मा हुन लागेको ई-स्पोर्ट्स विश्वकपको ग्लोबल ब्रान्ड एम्बासडर घोषणा गरेको छ ।

यो साझेदारीमार्फत ई-स्पोर्ट्सको लोकप्रियतालाई अझै फैलाउने अनि परम्परागत खेलकुद र ई-स्पोर्ट्सबीचको अन्तर घटाउने फाउन्डेशनले लक्ष्य राखेको छ ।

फाउन्डेशनका प्रमुख राल्फ रीचर्टले रोनाल्डो अनुभवी खेलाडीदेखि नयाँ प्रतियोगीसम्म सबैका लागि एक प्रेरणा भएको उल्लेख गरे । ‘रोनाल्डको उत्कृष्टतालाई ई-स्पोर्ट्स वर्ल्ड कपको भावना प्रतिनिधित्व गर्छ । परम्परागत खेलकुद अनि प्रतिस्पर्धात्मक गेमिङको सम्बन्ध अझ सुदृढ बनाउन उनको साथ हुन पाउनु गर्वको कुरा हो’ उनले भनेका छन् ।

रोनाल्डोले विश्वकपको मुख्य अभियानको नेतृत्व गर्दै ‘राइज एबभ’ अर्थात् ‘सबै सीमा नाघेर अघि बढिने’ अर्थको नारा प्रचार गर्नेछन् । यो नाराले मानव क्षमताको अनुभूति गराउने, साहस, परिश्रम अनि उत्कृष्टतालाई प्रेरित गर्ने सन्देश बोकेको फाउन्डेशनले जनाएको छ ।

‘खेल सदा परिवर्तन हुन सक्छ, ई-स्पोर्ट्स पनि एक नयाँ क्षेत्रमा फैलिँदै छ । यहाँ खेलाडीहरूको लगन, कौशल अनि साहस परम्परागत खेलमा जस्तै छन् । म यो कार्यक्रमको एम्बासडर हुन पाउनुमा गर्व गर्छु । भविष्यको पुस्तालाई प्रेरित गर्न म साथ दिनेछु’ क्रिस्टियानो रोनाल्डोले भनेका छन् ।

रोनाल्डो संसारभर लोकप्रिय छन् — इन्स्टाग्राममा उनका ६५० मिलियन फलोअर छन्, एक्समा (ट्विटर) ११५ मिलियन अनि युट्यूबमा ७५ मिलियन सब्सक्राइबर छन् ।

रोनाल्डोको सम्बन्ध ई-स्पोर्ट्स विश्वकपसँग पहिलेदेखि नै रहिआएको छ । सन् २०२३ मा कार्यक्रमको घोषणा गर्दा पनि उनी सहभागी थिए । साथै गएको समरमा साउदी अरबको रियादमा गरिएको समापन समारोहमा पनि उनको उपस्थितिले कार्यक्रमको गरिमा अझै उच्च गरेको फाउन्डेशनको विज्ञप्तिमा उल्लेख छ ।

फल्सोनको च्याम्पियन बन्ने उत्सवमा पनि क्रिस्टियानो सहभागी रहेको बताइएको छ ।

रोनाल्डोबाहेक लियोनेल मेस्सी, रूड गुलिट जस्ता खेलाडीहरूसमेत ई-स्पोर्ट्समा लगानी गरिरहेका छन् ।

ई-स्पोर्ट्स विश्वकप २०२५ मा एकै स्थानमा अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स समुदाय, खेलाडी, क्लब अनि दर्शकहरूको जमघट हुनेछ । प्रतियोगितामा २,००० उत्कृष्ट खेलाडी, २०० क्लब अनि १०० देश सहभागी हुनेछन् ।

प्रतियोगितामा २५ प्रतियोगिताहरू, २४ खेलहरूको साथमा ७ करोड अमेरिकी डलरभन्दा बढीको पुरस्कार राशी राखिएको छ ।

ई-स्पोर्ट्स विश्वकप एक प्रमुख वार्षिक कार्यक्रम हो जहाँ अन्तर्राष्ट्रिय प्रतियोगिता, कौशल, साहस अनि एकतालाई उत्सवको रुपमा मनाइने गरिएको छ ।

ई-स्पोर्ट्स विश्वकप क्रिस्टियानो रोनाल्डो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय