News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी मेजर लिग क्रिकेटमा टेक्सास सुपर किङ्सले एमआई न्युयोर्कलाई ३ रनले पराजित गर्यो।
- सुपर किङ्सले १८६ रनको लक्ष्य पछ्याउँदै २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनायो।
- डेभोन कनवे र क्याल्भिन सेभेजले उत्कृष्ट प्रदर्शन गर्दै टेक्सासलाई जित दिलाए।
३१ जेठ, काठमाडौं । अमेरिकामा जारी मेजर लिग क्रिकेट (एमएलसी)मा टेक्सास सुपर किङ्सले एमआई न्युयोर्कमाथि रोमाञ्चक जित निकालेको छ ।
शनिबार विहान भएको खेलमा सुपर किङ्सले एङ्गआईलाई ३ रनले हराएको हो । सुपर किङ्सले दिएको १८६ रनको लक्ष्य पछ्याएको एमआईले २० ओभरमा ८ विकेट गुमाएर १८२ रन मा१ बनायो ।
अन्तिम ओभरमा ९ रन आवश्यक रहँदा डारिल मिचेलले कुनैपनि बाउन्ड्री दिएनन् । कुनै समय १६.४ ओभरमा १५९-४ को अवस्थामा रहेको एमआईका ब्याटर कायरन पोलार्ड र सेट ब्याटर मोनान्क पटेल त्यसपछिका २ बलमा लगातार रनआउटको शिकार भए ।
मोनान्कले सर्वाधिक ६२ रन बनाए भने माइकल ब्रेसवेलले ३८ र कायरन पोलार्डले ३२ रन बनाए । टेक्सासका एडम मिल्नेले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । नूर अहमद र मोहमद मोहसिनले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टेक्सासले २० ओभरमा ६ विकेट गुमाएर १८५ रन बनाएको थियो । डेभोन कनवेले सर्वाधिक ६५ रन बनाए भने क्याल्भिन सेभेजले अविजित ५३ रन बनाए ।
एक समय ९६-५ को अवस्थामा पुगेको टेक्सासका लागि कनवे र सेभेजले ७९ रनको साझेदारी गरे । मिलिन्द कुमारले १९ तथा कप्तान फाफ डु प्लेसीले १८ रन बनाए ।
एमआईका लागि माइकल ब्रेसवेलले ४ ओभरमा ३४ रन दिएर २ विकेट लिए ।
प्रतिक्रिया 4