+
+
Shares

निजी विद्यालय गुठी र कम्पनीमै स्थापना र संचालन गर्न प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३१ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालय र गुठीमा स्थापना र सञ्चालनको प्रस्ताव गरेको छ।
  • प्रस्ताव अनुसार, नयाँ ऐन लागू भएपछि अनुमति प्राप्त विद्यालयहरू सञ्चालन गर्नुपर्नेछ।
  • यदि विद्यालयले नयाँ ऐन लागू भएपश्चात् सञ्चालन नपाए, अनुमति स्वतः खारेज हुने व्यवस्था छ।

३१ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालय शैक्षिक गुठी र कम्पनीमै स्थापना र संचालन गर्ने प्रस्ताव गरेको छ ।

मन्त्रालयले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पेस गरेको प्रस्तावमा भनिएको छ, ‘यो ऐन प्रारम्भ भएपछि निजी लगानीको विद्यालय शैक्षिक गुठी र कम्पनी अन्तर्गत स्थापना र सञ्चालन हुनेछ ।’

मन्त्रालयले गरेको प्रस्तावमा यो ऐन प्रारम्भहुनुभन्दा अघि विद्यालयको स्थापना र सञ्चालन गर्न अनुमति प्राप्त गरेको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत सञ्चालनमा नआएका विद्यालय यो ऐन जारी भएपछिको पहिलो शैक्षिक सत्रबाट सञ्चालन नभए त्यस्तो अनुमति स्वतः खारेज हुने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?