+
+
Shares

युवा नवप्रवर्तनलाई उद्यममा विकास गर्न प्रवर्द्धन शिविर

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३१ गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय युवा परिषद्ले नवप्रवर्तन र इन्कुवेसन कार्यक्रम सञ्चालन गरी युवाको व्यावसायिक सोचलाई उद्यमसम्म पुर्‍याउने लक्ष्य राखेको छ।
  • काठमाडौं विश्वविद्यालय परिसरमा सुरु भएको सातदिने प्रवर्द्धन शिविरमा युवाहरूको व्यावसायिक सोचलाई मार्गदर्शन र परिमार्जन गरिनेछ।
  • शिविरमा छनौट भएका युवाहरूलाई विज्ञहरूले मार्गदर्शन र मेन्टरिङ् प्रदान गर्ने व्यवस्था छ।.

३१ जेठ, काठमाडौं । युवाहरूको नयाँ व्यावसायिक सोचलाई संवर्द्धन गर्दै उद्यमसम्म पुर्‍याउन भन्दै राष्ट्रिय युवा परिषद्ले देशका विभिन्न भागमा नवप्रवर्तन तथा इन्कुवेसन कार्यक्रम सञ्चालन गरिरहेको छ ।

परिषद्ले युवाको नवप्रवर्तनात्मक सोचलाई उद्यमसम्म विकास र विस्तार गर्ने अभिप्रायले सो प्रवर्द्धन शिविर (वुट क्याम्प ) सञ्चालन गरेको जनाएको छ ।

काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय परिसरमा नवप्रवर्तन तथा इन्कुवेसन कार्यक्रम अन्तर्गत सुरु भएको सातदिने प्रवर्द्धन शिविरमा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाका नविन व्यावसायिक सोचलाई उद्यमदेखि उद्योगसम्म पुर्‍याउन मद्दत गर्ने उदेश्यले यसखालको कार्यक्रम सञ्चालन गरिएको बताए ।

काठमाडौं विश्वविद्यालय परिसरमै रहेको नेपाल प्रविधि नवप्रवर्तन केन्द्रका कार्यकारी निर्देशक डा.विमप्रसाद श्रेष्ठले युवाहरूका नविनतम सोचलाई परिस्कार र परिमार्जन गर्दै संवद्र्धन गर्न यस्ता शिविरले महत्त्वपूर्ण टेवा पुग्ने बताए ।

परिषद्ले आह्वान गरेको खुला अनलाइन आवेदन फारम भरेका युवाहरू मध्येबाट छनौट भएका नवदित् युवाहरूले प्रवर्द्धन शिविरमा भाग लिन्छन् ।

शिविरमा उनीहरूका फरक फरक व्यावसायिक सोचलाई विषय विज्ञहरूद्वारा मार्गदर्शन र परिमार्जन गर्दै संवद्र्धन गरिने परिषद्का उपसचिव तारापति खरेलले जानकारी दिए ।

शिविर सकिएपछि पनि विज्ञहरूले उनीहरूलाई मार्गदर्शन (मेन्टरिङ्) गरिरहने खरेलले बताए ।

यसअघि चितवनको भरतपुर, मकवानपुरको हेटौंडा, लुम्बिनीको बुटवल लगायतका स्थानहरूमा पनि परिषद्को आयोजनामा नवप्रवर्तन तथा इन्कुवेसनका लागि सातदिने प्रवर्द्धन शिविर (बुट क्याम्प) सञ्चालन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?