+
+
Shares

कच्चा तेलको मूल्यमा उच्च वृद्धि

एजेन्सी एजेन्सी
२०८२ असार १ गते ९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य इरान–इजरायल युद्धका कारण एकैदिन ७.७७ प्रतिशतसम्म बढेको छ।
  • डब्लूटीआई र ब्रेन्ट तेलको मूल्य क्रमशः ७२.९८ र ७४.२३ डलर पुगेको छ।
  • तेलको मूल्य वृद्धिले नेपाली बजारमा पनि मूल्यवृद्धि र ढुवानी खर्च बढ्ने सम्भावना छ।

१ असार, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको छ ।

इरान–इजरायलबीच युद्ध चर्किएसँगै कच्चा तेलको भाउ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार एकैदिन कच्चा तेलको भाउ ७.७७ प्रतिशतसम्म बढेको छ ।

डब्लूटीआई र ब्रेन्ट तेलको भाउ शुक्रबार एकैदिन ७ प्रतिशत बढेको छ। डब्लूटीआई तेल प्रतिब्यारेल ७२.९८ अमेरिकी डलर तथा ब्रेन्ट तेल ७४.२३ डलर पुगेको छ । त्यस्तै मुर्बान तेल ६.१७ तथा हिटिङ तेल ७.७७ प्रतिशतले बढेको छ ।

फेब्रुअरी २०२२ यता एकैदिनमा यति धेरै अन्तरले तेलको भाउ बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलको हमलाबाट तेलका पूर्वाधारमा कुनै क्षति नभएको इरानले दाबी गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपाली बजारमा पेट्रोलियम पदार्थको भाउ बढ्न जान्छ । तेलको मूल्य बढ्दा ढुवानी भाडा महँगिन जाने र त्यसले अरु उपभोग्य वस्तुको मूल्यमा समेत प्रभाव पर्दछ, जसले समग्र मूल्यवृद्धिमा बल पुग्छ ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?