+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मिस पबीले साइन् गरिन ‘किन लाग्छ माया’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसएण्डएस प्रोडक्सनले कथानक फिल्म ‘किन लाग्छ माया’ निर्माण गर्न असार पहिलो साताबाट छायांकन सुरु गर्ने तयारी गरेको छ।
  • फिल्ममा सन्जीत भण्डारी, ऋचा थापा, जान्वी बस्नेत लगायत कलाकारहरूले अभिनय गर्नेछन् र मुख्य भूमिकामा मेघ सुवेदी छन्।
  • फिल्मले दाजुभाइको सम्बन्ध, जिम्मेवारी र त्यागको कथा प्रस्तुत गर्नेछ।

काठमाडौं । एसएण्डएस प्रोडक्सनको ब्यानरमा कथानक फल्म ‘किन लाग्छ माया’ बन्ने भएको छ । मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा तयार हुन लागेको फिल्म छायांकन असार पहिलो सातादेखि सुरु गर्ने तयारी छ ।

फिल्ममा सन्जीत भण्डारी, ऋचा थापा, जान्वी बस्नेत, धीरेन शाक्य, मिस पबीको नामबाट परिचित पबित्रा साकी, राजेन्द्र खड्गी, हिउँवाला गौतम, सबिन बाँस्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकालको अभिनय हुनेछ ।

फिल्मको मुख्य भूमिकामा मेघ सुवेदीले काम गर्दैछन् । मेघले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । स्याडो रियरको कथा रहने फिल्ममा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको नृत्य, खड्गीको एक्सन रहनेछ ।

अर्जुनप्रसाद पोखरेल निर्माण नियन्त्रक रहेको फिल्ममा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, दिप्त प्रकाश अधिकारी र सुवास गोतामेको सहायक निर्देशन रहनेछ ।

फिल्मको छायांकन काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी, मुस्ताङ लगायतका स्थानमा हुनेछ । फिल्मले दाजुभाइको सम्बन्ध, एक अर्का प्रतिको जिम्मेवारी र त्यागको कथा भन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?