+
+
Shares

रास्वपाले यसपटक वार्षिक उत्सव फरक तरिकाले मनाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाले यसवर्षको वार्षिक उत्सव फरक तरिकाले मनाउने निर्णय गरेको छ।
  • कार्यक्रम जावलाखेलस्थित स्टाफ कलेजमा ७ असारमा आयोजना हुनेछ।
  • रास्वपाले यसपटक वार्षिक उत्सवलाई सन्दर्भ पारेर विचार केन्द्रित बहस गर्ने जनाएको छ।

१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसवर्षको वार्षिकउत्सव फरक तरिकाले मनाउन लागेको छ । विगतका केन्द्रीय कार्यालयमा चिपापान गरेर मनाउने गरिएको थियो भने यसवर्ष फरक ढाँचाले मनाउन लागिएको छ ।

विगतका वर्षमा रास्वपाले दलका नेता, कुटनीतिक नियोगका प्रमुख, समाजका प्रवुद्ध वर्ग, रास्वपा कार्यकर्ता र शुभेच्छुकलाई केन्द्रीय कार्यालय बनस्थली आमन्त्रण गरेर चियापानको गरिएको थियो । ७ असारमा हुने वार्षिक उत्सवमा यसपटक फरक फरक विषयमा विचार मन्थन गर्न लागिएको छ ।

विचार केन्द्रीत बहस हुने तेस्रो वार्षिक उत्सवका लागि स्थान जावलाखेलस्थित स्टाफ कलेज तोकिएको छ । कार्यक्रमको पहिलो खण्डमा स्वागत मन्तव्य उपसभापति डा.स्वर्णिम वाग्लेले राख्नेछन् भने सभापति रवि लामिछानेले दिएको शुभकामना सन्देश वाचन गरेर सुनाउने कार्यक्रम तय भएको छ ।

दोस्रो सेसनमा नीति मन्थन अन्तर्गत ‘असल शासनका लागि संविधान परिमार्जनः कस्तो?’ विषयमा सुशिला कार्की, कृष्ण खनाल, भिमार्जुन आचार्य र दिपेन्द्र झाले विचार राख्नेछन् ।

उक्त सेसनको सहजीकरण रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले गर्नेछन् । विचार मन्थनको दोस्रो सेसनमा ‘सुनियममा आधारित आर्थिक फड्कोः कता?’ विषय छानिएको छ । कार्यवाहक प्रवक्ता मनिष झाले सहजीकरण गर्ने उक्त विषयको संवादका लागि गुणाकर भट्ट/प्रकाश श्रेष्ठ, शेखर गोल्छा, स्मृति शर्मा र सुरेन्द्र लाभ वक्ता छनोट गरिएको छ ।

बहसका लागि तेस्रो विषय ‘समताका लागि शैक्षिक सुधारः कसरी?’ तोकिएको छ । केदारभक्त माथेमा, विद्यानाथ कोइराला, मिनाक्षी दाहाल र अमिना सिंह यो सेसनका लागि वक्ता छन् भने पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ सेसनको मोडरेटर छन् ।

चौथो विषय ‘युवाका लागि सम्भावना र प्रेरणाः कहाँ?’ राखिएको छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सहजीकरण गर्ने यो सेसनमा पाँच वक्ताले विचार राख्नेछन् । उनीहरुमा प्रजुना केसी, धर्म स्वर्णकार, दावाफुटी शेर्पा, कुशलसुन्दर श्रेष्ठ छन् ।

रास्वपा २०७९ असार ७ मा स्थापना भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?