News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल अटोमोबाइल्स एसोसिएसनले मोटरस्पोर्ट्स गतिविधि सञ्चालन गर्न कानुनी प्रक्रिया पालना गर्न आह्वान गरेको छ ।
- संघले अवैध रेसिङ र इभेन्टले सुरक्षा र खेलकुदको दिगोपनामा चुनौती ल्याएको जनाएको छ ।
- यस्तै वैधानिक प्रक्रिया अनुसार नै खेलकुद र प्रतियोगिता सञ्चालन गर्न सुझाव दिएको छ ।
१ असार, काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) मोटरस्पोर्ट्स खेलमा सहकार्य गर्नका लागि सरोकारवाला सबैसँग आह्वान गरेको छ ।
नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसालले आइतबार एक विज्ञप्ती जारी गर्दै नेपालका खेलकुदसँग सम्बन्धित विभिन्न ऐन र नियमावलीहरु रहेकोले त्यसैल अनुसार मोटरस्पोर्ट्स गतिविधि सञ्चालन गर्न आग्रह गरेका हुन् ।
खेलकुद ऐन विपरित नै मोटरस्पोर्ट्स अन्तर्गत विधिन्न किसिमका कार तथा मोटरसाइकलका रेसिङ, र्यालिङ तथा टुरिङ जस्ता इभेन्छहरु भइरहेकोले यसले गम्भिर बनाएको रिसालले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ । यसले वैधानिक व्यवस्थालाई उल्लघंन गर्नुका साथै यसमा संलग्न ड्राइभर, राइडर तथा प्राविधिकहरुको सुरक्षा, पेशागत हित र विकास, राष्ट्रिय–अन्तर्राष्ट्रिय सहभागीत र खेलकुद तथा पर्यटनको दिगोपनाको लागी समेत चुनौती रहेको उल्लेख छ ।
‘नेपालमा खेलकुद विकास ऐन, खेलकुद विकास नियमावलि र प्रदेशका खेलकुद विकास ऐन जस्ता ऐन र विभिन्न नियमावलीहरुले नेपाली खेलकुदलाइ नीतिगत, कानुनी र व्यवस्थापकिय रुपमा परिचालन गरिरहेका छन् । ती ऐन र वैधानिक व्यवस्था नै नेपाली खेलकुदलाई नियमित, वैधानिक, व्यवस्थित, सुरक्षीत र प्रक्रियागत बनाउनुका साथै खेलाडी तथा प्राविधिक र खेल संघहरुको पेशागत वृतिविकासमा सदैव मद्दत गरिरहेका पनि छन्’ विज्ञप्तीमा भनिएको छ, ‘ती वैधानिक व्यवस्थाको बर्खिलाप गई यदाकदा विभिन्न किसीमका कार तथा मोटरसाइकलका रेसिङ्, र्यालिङ्ग तथा टुरिङ्ग लगायतका प्रतियोगीता/इभेन्ट भइरहेको देखिन्छ, जसले हामीलाई गम्भीर बनाएको छ । जुन विद्यमान वैधानिक व्यवस्थाको उल्लघंन मात्र होइन, यसमा संलग्न ड्राइभर, राइडर तथा प्राविधिकहरुको सुरक्षा, पेशागत हित र विकास, राष्ट्रिय–अन्तर्राष्ट्रिय सहभागीत र खेलकुद तथा पर्यटनको दिगोपनाको लागी समेत चुनौती हो ।’
व्यवसायिक स्वार्थ र निजि फाइदाको लागी मात्र खेलाडी र प्राविधिकको ट्रेनिङ र गुणस्तर, सुरक्षा र खेकुदको मूल्य र मान्यता जस्ता कुरामा खेलबाड गर्दै साहसिक खेलकुद/इभेन्ट जस्तो अतिनै सम्वेदनशील खेलमा हुने कुनैपनि गैरजिम्मेवार कार्य संघ (नासा नेपाल)लाई मान्य नहुने अध्यक्ष रिसालले बताएका छन् ।
‘त्यसैले मोटर र मोटरसाइकल स्पोर्ट्स, रेसिङ्, र्यालिङ्ग तथा टुरिङ्ग, कार्टस् तथा पावरबोट र सिम रेसिङ् जस्ता खेलकुद/इभेन्ट गर्न चाहने सम्पूर्णलाई खेलकुद ऐन र प्रक्रिया अन्तर्गत रहेर यस संघ, आधिकारिक प्रादेशिक अटोमोवाइल एसोसिएसन र सम्बन्धि खेलकुदका सरकारी निकाय मार्फत आबद्धता र स्वीकृति गराउनु हामी सबैको हितमा हुने विषय मात्र नभई विद्यमान कानुनी र प्रचलित व्यवस्था पनि हो’ रिसालले भनेका छन् ।
कानुन अनुसार इभेन्ट र प्रतियोगिता गर्ने इभेन्ट, प्रमोटर, क्लव तथा कम्पनीहरु लगायत सबैसँग नासा नेपालले सधैं सहयोग र सहकार्य गर्न तयार रहेको पनि रिसालले बताएका छन् । नासा नेपालको उदेश्य वैधानिक प्रक्रियामार्फत खेल/इभेन्टहरु संचालन गरी नेपाली साहसिक खेलमार्फत दिगो पर्यटनमा योगदान गर्नु रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यदि वैधानिक व्यवस्था अनुसार खेल इभेन्ट तथा प्रतियोगिताहरु सञ्चालन नभएमा कानुनी उपचार खोज्न समेत यस संघ बाध्य हुने नासा नेपाल अध्यक्ष रिसालले बताएका छन् ।
यस्तै खेलकुदका मुल्य मान्यता र खेलाडी/प्राविधिकको सुरक्षा, अवसर, वृत्ति विकासको लागी वैधानिक रुपमा सहकार्य गर्दै नेपाली सहासिक खेलकुद र दिगो पर्यटनमा सकारात्मक योगदान दिनका लागि पनि नासा नेपालका अध्यक्ष रिसालले आग्रह गरेका छन् ।
नेपालको मोटर, मोटरसाइकल, पावरबोटिङ्ग, कार्टस्, सीम रेसिङ् तथा ड्रोन लगायतका स्पोर्टस, अटोमोबाइल, मोबिलिटी, ड्राइभ टुरिजम, टू–व्हील टुरिङ र रोड सेफ्टीको क्षेत्रमा समेत क्रियाशील रहेको नासा नेपाल राष्ट्रिय खेल संघको रुपमा राखेपमा दर्ता भएको संघ हो ।
यस्तै खेलकुद र अटोमोबाइलका विश्वव्यापी महासंघहरु अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआइए), अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआइएम), अन्तर्राष्ट्रिय टुरिजम एलायन्स (एआइटी) तथा अन्तर्राष्ट्रिय पावरबोटिङ्ग युनियन (युआइएम) को नेपाल अथोरिटीको रुपमा रहेको यो संघ ग्लोबल एलायन्स अफ एनजिओ फर रोड सेफ्टी, नेपाल चेम्बर अफ कमर्श, नेपाल–फ्रान्स चेम्बर अफ कमर्श तथा नेसनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोविलिटी जस्ता क्षेत्रहरुमा समेत आवद्ध रहेको छ ।
प्रतिक्रिया 4