+
+
Shares

निफ ५ मार्चदेखि, आवेदन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)ले सन् २०२६ को लागि आवेदन खुला गरेको छ र आयोजना मिति ५ देखि ९ मार्चसम्म तोकिएको छ।
  • फेस्टिभलले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि विभिन्न पुरस्कारहरू घोषणा गरेको छ, जसमध्ये गौतम बुद्ध अवार्ड, माउन्ट एभरेस्ट अवार्ड र बागमती अवार्ड समावेश छन्।
  • नेपाली प्रतिस्पर्धाका लागि उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, र अन्य श्रेणीलाई नगद पुरस्कार प्रदान गरिनेछ।.

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)ले सन् २०२६ को संस्करणको लागि आवेदन खुला गरेको छ । साथै, आयोजना मिति पनि घोषणा भएको छ ।

निफले सामाजिक संजालबाट दिएको जानकारीअनुसार अब हुने ९ औं संस्करण आगामी ५ देखि ९ मार्चसम्म आयोजना हुने उल्लेख छ ।

फिल्मफ्री वेबाट आवेदन दिन सकिने निफले उल्लेख गरेको छ । फेस्टिभलले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गर्दै आएको छ ।

सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुफिल्मलाई ५ सय डलरको बागमती अवार्ड प्रदान पनि गर्ने गरिएको छ ।

सन् २०२५ देखि सुरु भएको नयाँ विधा ‘एआई फिल्म’लाई ५ सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिने उल्लेख छ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट छोटो फिल्म र वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गर्दै आएको छ ।

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले वर्षेनी फेस्टिभल आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?