+

काठमाडौं जिल्लाव्यापी खेलकुद : भेट्रान टेबलटेनिसमा इन्दिरालाई स्वर्ण

२०८२ असार  १ गते २२:०० २०८२ असार १ गते २२:००
काठमाडौं जिल्लाव्यापी खेलकुद : भेट्रान टेबलटेनिसमा इन्दिरालाई स्वर्ण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका २९ की इन्दिरा पराजुलीले टेबलटेनिस महिला सिंगल्समा स्वर्ण जितिन्।
  • प्रतियोगिता काठमाडौं महानगरपालिका २६ को आयोजनामा भएको थियो र मन्त्री प्रदीप पौडेलले उद्घाटन गरे।
  • फाइनलमा इन्दिराले सविता बस्नेतलाई पराजित गरे र अन्य प्रतिस्पर्धामा जयस्नु महर्जन, उज्ज्वल मानन्धर, निश्चल थापाले जित हासिल गरे।

१ असार, काठमाडौं । काठमाडौं महानगरपालिका २९ की इन्दिरा पराजुलीले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत टेबलटेनिसको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा आइतबार स्वर्ण जितेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा इन्दिराले काठमाडौं महानगरपालिका २९ कै सविता बस्नेतलाई ११–५ र ११–२ को सोझो सेटमा पराजित गरिन् । काठमाडौं महानगरपालिका २९ की सम्झना पोखरेल र काठमाडौं महानगरपालिका ३० की दीपा श्रेष्ठ तेश्रो भए ।

काठमाडौं महानगरपालिका वडा २६ को आयोजनामा भइरहेको प्रतियोगिताको यू–१६ ब्वाइज सिंगल्समा कीर्तिपुरका जयस्नु महर्जनले कीर्तिपुरकै सफल महर्जनलाई सीधा सेटमा ११–२, ११–६ र ११–९ तथा काठमाडौं महानगरपालिका २ का उज्ज्वल मानन्धरले काठमाडौं महानगरपालिका २६ का आर्यन शाहीलाई ११–९, ११–९ र ११–७ को सोझो सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।

यू–१४ ब्वाइज सिंगल्समा काठमाडौं महानगरपालिका १ का निश्चल थापाले काठमाडौं महानगरपालिका २६ का सम्भवराज वन्तलाई १२–१०, ११–६ र ११–७ तथा काठमाडौं महानगरपालिका २६ का अर्नव श्रेष्ठले काठमाडौं महानगरपालिका १७ का निरभ महर्जनलाई ११–२, ११–६ र ११–२ को सोझो सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे ।

प्रतियोगिताको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, आयोजक वडा २६ का अध्यक्ष ख्यामराज तिवारीलगायतको उपस्थिति रहेको थियो ।

काठमाडौं जिल्लाव्यापी वृहत खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय