 
																			२ असार, काठमाडौं । जामाचो हाइकिङमा गएका एक बालक हराएपछि नेपाली सेनाको टोलीले खोजी तथा उद्धार गरेको छ ।
३१ जेठमा हाइकिङ गएर फर्कने क्रममा १३ वर्षीय बालक हराएको भन्ने सूचना आएपछि भैरवीदल गण, नागार्जुनबाट सेनाको टोली खटिएको थियो ।
सेनाको टोलीले ती बालकलाई भिरबाट ६ सय मिटर तल खसेको अवस्थामा राति ८ बजे फेला पारेको हो ।
भिरबाट घाइते अवस्थामा उद्धार गरिएका ती बालकलाई सेनाले नै प्राथमिक उपचार गरेको नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता गौरव केसीले बताए ।
त्यसपछि ती बालकलाई परिवारमार्फत थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको सेनाले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4