
News Summary
Generated by OK AI. Editorially reviewed.- ग्वार्कोस्थित फ्लाइओभर ६ असारमा उद्घाटन गरिनेछ, प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।
- सडक विभागले निर्माण कार्यको निरीक्षण गरी सवारी सञ्चालनको तयारी गरेको जनाएको छ।
- निर्माणमा ढिलाई भए पनि अब सवारी सञ्चालनको लागि तयारी पूरा भएको छ।
२ असार, काठमाडौं । ललितपुरको ग्वार्को स्थित फ्लाइओभर ६ असारमा उद्घाटन गरिने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो दिन पुल सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभर उद्घाटन गर्नेछन् । त्यसपछि यातायात सञ्चालनमा ल्याइने छ ।
गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।
मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाइनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिए ।
निर्माण कार्यमा ढिलाई भए पछि मन्त्री दाहालले फ्लाई ओभर निर्माणमा सक्रियता देखाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4