
News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजारमा करिब साढे ३ महिनायता उच्च कारोबार भएको र कारोबार रकम १३ अर्ब १८ करोड पुगेको छ।
- नेप्से परिसूचक २.८० अंक बढेर २६५८ मा कायम भएको छ, जबकि बजारमा विभिन्न समूहका कम्पनीहरूको मूल्य परिवर्तन भएको छ।
- आज उच्च कारोबार भएका कम्पनीहरूमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी र राधि विद्युत् रहेका छन्।
२ असार, काठमाडौं । सोमबार सेयर बजारमा करिब साढे ३ महिनायताकै उच्च कारोबार भएको छ । आज कुल १३ अर्ब १८ करोडको कारोबार भयो । यो रकम फागुन १९ यताकै उच्च हो । अघिल्लो दिन जम्मा ११ अर्ब ४४ करोडको कारोबार भएको थियो ।
कारोबार रकम उल्लेख्य बढे पनि नेप्से परिसूचक भने सुस्ताएको छ । नेप्से परिसूचक जम्मा २.८० अंक बढेको छ । सो वृद्धिपछि २६५८ मा कायम भएको छ । १२४ कम्पनीको मूल्य बढ्दा १२४ कै घट्यो ।
यस दिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.६९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.४८, विकास बैंक ०.२९, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.२५ र व्यापार ०.०९ प्रतिशत बढे ।
अघिल्लो दिनसम्म उच्च दरले बढेको हाइड्रोपावर आज १.०० प्रतिशत घट्यो । फाइनान्स सबैभन्दा धेरै १.२२ प्रतिशत घट्यो अन्य ०.३३ तथा लगानी ०.१३ प्रतिशत घटे ।
पियोर इनर्जी र पिपुल्स पावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ८.३७, सोल्टी होटलको ६.३०, ओरियन्टल होटलको ५.१३, बोटलर्स नेपाल बालाजुको ५.०९ प्रतिशत मूल्य बढ्यो ।
अपरहेवाखोला हाइड्रोपावरको मूल्य ७.५८, श्री इन्भेस्टमेन्ट फाइनान्सको ६.३३, सिनर्जी पावरको ४.८४ तथा उन्नति सहकार्य लघुवित्तको ४.३५ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी र राधि विद्युत् छन् ।
प्रतिक्रिया 4