+
+
Shares

रास्वपालाई उपसभामुख लक्षित कांग्रेसको प्रश्न : मानव तस्करी के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १७:२२

२ असार, काठमाडौं । नेपाली कांग्रेसले मानव तस्करीको परिभाषा स्पष्ट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ ।

रास्वपाले संसद्‌मा ‘मानव तस्करलाई कारबाही गर’ को नारा लगाइरहेको छ । यसो भनेर कसलाई मानव तस्कर भन्न खोजेको हो त्यो स्पष्ट गर्न कांग्रेसकी सचेतक सुशिला थिङले आग्रह गरेकी हुन् ।

अर्थमन्त्री विष्णु पौडेलले सोमबार प्रतिनिधि सभामा बजेटको समान्य छलफलमाथि उठेका प्रश्नहरूको जवाफ दिइरहेका बेला कांग्रेसकी सचेतक थिङले नियमापत्तिका लागि समय मागिन् ।

सभामुखले समय दिएपछि उनले रास्वपाले लगाएको नाराप्रति नै नियमापत्ति गरिन् । उनले भनेकी छन्, ‘आपत्तिजनक शब्दहरू यहाँ मानव तस्करीको कुराहरू उठ्यो । बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुराहरू उठ्यो । मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो ?’वि

त्यसपछि सांसद थिङले उपसभामुख लक्षित गर्दै मानव तस्करको परिभाषा के हो भनेर प्रश्न गरिन् ।

‘मानव तस्करीको परिभाषा कसरी पूरा गर्ने हो ? र जसले पाँच/पाँच जना व्यक्तिलाई हस्ताक्षर गराएर विदेश पठाएको मानव तस्करी हो कि कुन विषयको मानव तस्करी हो त्यो कुरमा स्पष्ट पारियोस्,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?