News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले स्कटल्याण्डमा भइरहेको टी२० आई सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्स विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
- नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै डच टोलीलाई ब्याटिङको निम्तो दिएको छ।
२ असार, काठमाडौं । स्कटल्याण्डमा भइरहेको टी२० आई सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्स विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै डच टोलीलाई ब्याटिङको निम्तो दिएको छ ।
नेपालका लागि आज दुई खेलाडीले टी२०आईमा डेब्यु गर्दैछन् । किरण ठगुन्ना र रुपेश सिंहले पहिलो पटक नेपालको सिनियर टिमबाट खेल्न लागेका हुन् ।
स्कटल्याण्डमै भएको आईसीसी क्रिकेट विश्वकप लिग टु पछि टिममा समावेश भएका किरण र रुपेशसहित लोकेश बम पनि आज पहिलो रोजाईमा खेल्दैछन् ।
प्रतिक्रिया 4