+

टी-२०आईमा करण केसीको १०० विकेट पूरा

२०८२ असार  ३ गते १९:५४ २०८२ असार ३ गते १९:५४
टी-२०आईमा करण केसीको १०० विकेट पूरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेटर करण केसीले टी-२०आई क्रिकेटमा १०० विकेट पुरा गरे।
  • उनीले स्कटल्याण्डसँगको खेलमा जर्ज मुन्सेको विकेट लिए।
  • करण केसी १०० विकेटको क्लबमा सामेल भएका छन्, सन्दीप लामिछानेपछि दोस्रो नेपाली क्रिकेटर हुन्।

२ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर करण केसीले टी-२०आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् ।

स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आज भइरहेको स्कटल्याण्डसँगको खेलमा विकेट लिँदै उनले कोशेढुंगा पार गरेका हुन् ।

उनले स्कटल्याण्डका विस्फोटक ओपनर जर्ज मुन्सेको विकेट लिए ।

टी-२०आईमा १०० भन्दा बढी विकेट हालसम्म सन्दीप लामिछानेको नाममा मात्र थियो । उनको १११ विकेट छ ।

अब करण पनि १०० विकेटको क्लबमा जोडिएका छन् । करणको उत्कृष्ट बलिङ प्रदर्शन ५-२१ छ जुन् पीएनजीविरुद्ध सन् २०२२ मा कीर्तिपुरमा गरेको प्रदर्शन हो ।

करणभन्दा पछाडि सोमपाल कामीको ७५ तथा अविनाश बोहराको ७४ विकेट छ ।

करण केसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय