+
+
Shares

क्रिप्टो कारोबारलाई वैधानिक बनाऔं : सांसद घिमिरे

क्रिप्टो कारोबारलाई वैधानिक मान्यता दिए अवैध कारोबारलाई नियन्त्रणमा  लिन सकिने भन्दै उनले  डिजिटल अर्थतन्त्रको यात्रामा नेपालले पनि फड्को मार्न सक्ने बताए  ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद बासुदेव घिमिरेले क्रिप्टो कारोबारलाई नेपालमा वैधानिकता दिएर करको दायरामा ल्याउनुपर्ने बताएका छन्।
  • उनले अन्तर्राष्ट्रिय अभ्यासलाई उदाहरण दिँदै नेपालमा पनि क्रिप्टोको नियमन र वैधानिकता आवश्यक भएको बताए।

२ असार, काठमाडौं । नेकपा एमालेका सांसद बासुदेव घिमिरेले क्रिप्टो करेन्सी कारोबारलाई नेपालमा वैधानिकता दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बजेटमाथिको सामान्य छलफलमा बोल्दै उनले आगामी बजेटमा क्रिप्टो कारोबारलाई थप नियन्त्रण गर्न खोजिएकोमा असहमति जनाउँदै वैधानिकता दिएर करको दायरामा ल्याउनुपर्ने तर्क गरेका छन् ।

क्रिप्टो कारोबारलाई वैधानिक मान्यता दिएर नियमन र करको दायराभित्र ल्याएमा कर प्रणालीमा नयाँ स्रोत थपिने उनको भनाइ छ ।

अमेरिका, जापान, भारत, अष्ट्रेलिया लगायत ५० बढी मुलुकमा क्रिप्टो कारोबारलाई नियमनसहित वैधानिक मान्यता दिइएको उदाहरण दिंदै सांसद घिमिरेले नेपालमा पनि वैधानिकता दिएर करको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

‘हाल नेपालमा क्रिप्टो कारोबारलाई गैरकानूनी मानिएको छ, आगामी वजेट कार्यान्वयनमा अझै कडाई गरिने उल्लेख छ तर वास्तविकता के छ भने यसको अनियन्त्रित विस्तारले अर्बौं रुपैयांको अवैध कारोबार मौनरुपमा चलिरहेको छ’, घिमिरेले भने ।

राज्यले नियन्त्रण गर्न नसकेको यस्ता कारोबारमा कर नउठेको भन्दै उनले भने, ‘न पारदर्शिता देखिएको छ, तर अन्तर्राष्ट्रिय अभ्यासमा हेर्दा अमेरिका, जापान,जर्मनी,सिंगापुर,भारत, युके, अष्ट्रेलिया लगायत ५० बढी मुलुकले क्रिप्टो कारोबारलाई नियमन सहित वैधानिक मान्यता दिएका छन् ।’

क्रिप्टो कारोबारलाई वैधानिक मान्यता दिए अवैध कारोबारलाई नियन्त्रणमा  लिन सकिने भन्दै उनले  डिजिटल अर्थतन्त्रको यात्रामा नेपालले पनि फड्को मार्न सक्ने बताए  ।

सांसद घिमिरेले भ्रष्टाचारको मूल थलो भन्सार भएको टिप्पणी गर्दै भन्सारमा सुशासन नभएसम्म राजस्वको लक्ष्य हाँसिल हुन नसक्ने दाबी गरे ।

सांसद घिमिरेले स्थानीय तहको संख्या घटाएर ५०१ मात्रै बनाउनुपर्ने पनि बताएका छन् । यसो गर्दा वार्षिक करिब ३० अर्ब खर्च कम हुने उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?