
News Summary
Generated by OK AI. Editorially reviewed.- नेक्स्ट मोडल्स नेपालले ‘काठमाडौं फेसन वीक’को व्यवस्थापन गर्ने भएको छ।
- एफडीसी नेपाल र नेक्स्ट मोडल्स नेपालबीच सहकार्य सम्झौता भएको हो।
- नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले यसलाई नेपालकै सबैभन्दा भव्य फेसन शो बनाउने योजना बताए।
काठमाडौं । चर्चित फेसन शो ‘काठमाडौं फेसन वीक’को व्यवस्थापन अब नेक्स्ट मोडल्स नेपालले गर्ने भएको छ । आयोजक फेसन डिजाइनर सेन्टर (एफडीसी) नेपाल र नेक्स्ट मोडल्स नेपालबीच आगामी सिजनदेखि सहकार्य गर्ने सम्झौता भएको हो ।
फेसन डिजाइनरको समूह एफडीसीले गत वर्षदेखि वार्षिक दुई पटक ‘काठमाडौं फेसन वीक’ आयोजना गर्दै आएको छ । यस फेसन शोले संस्कृति र परम्परालाई विशेष जोड दिँदै पर्यटन प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ ।
नेपाली डिजाइन र मोडलको मात्र सहभागिता रहने यस कार्यक्रमको मुख्य उद्देश्य नेपाली डिजाइनरलाई सहयोग र प्रवर्धन गर्नु हो । नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले यसपटकबाट ‘काठमाडौं फेसन वीक’लाई नेपालकै सबैभन्दा भव्य फेसन शो बनाउने योजना रहेको बताए ।
‘हामीले गर्दै आएको कामको गुणस्तरलाई हेरेर एफडीसीले यो जिम्मेवारी दिएको हो’ धमलाले भने, ‘कार्यक्रमलाई उत्कृष्ट बनाउन हामी कुनै कसर बाँकी राख्ने छैनौँ ।’ नेक्स्ट मोडल्स नेपालले यसअघि ‘मिस्टर नेपाल’, ‘मोडल हन्ट नेपाल’, ‘मिस नेपाल पिस’ र ‘डिजाइनर्स रनवे’ जस्ता प्रतिष्ठित कार्यक्रमहरू आयोजना गरिसकेको छ ।
‘काठमाडौं फेसन वीक’को आगामी सिजनबारे औपचारिक घोषणा आउने साता गरिने जनाइएको छ ।
प्रतिक्रिया 4