+
+
Shares

दाउन्ने खण्ड हिलाम्मे हुँदा चल्न सकेनन् गाडी, लामो ट्राफिक जामले यात्रु हैरान

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्ड हिलाम्मे भएपछि गाडी चल्न सकेका छैनन् । अहिले गाडीको लामो लाइन लागेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते ७:३५

३ असार, काठमाडौं । वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्ड हिलाम्मे भएपछि सवारी आवागमन प्रभावित भएको छ । दाउन्नको सडक हिलोले चिप्लो भएपछि सवारी साधनहरु उकालो उक्लिन सकेका छैनन् ।

निर्माणाधीन सडक हिलाम्मे हुँदा सवारी साधनहरू दुम्किबासबाट दाउन्नेको उकालो चढ्न नसकेका इलाका प्रहरी कार्यालय दुम्किबास नवलपुरले जनाएको छ । त्यसैले सवारी साधनहरुको लामो लाइन लागेको छ । घण्टौंसम्म सडकै रोकिनुपर्दा यात्रुहरु हैरान छन् ।

नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डिएसपी विरदत्त पन्तका अनुसार पानी परेर सडकमा हिलो भएकाले लोड गरेका गाडीहरु चल्न सकेका छैनन् । अरु गाडीहरु भने विस्तारै–विस्तारै चलेका छन् । तर निर्वाध सन्चालन हुन नसक्दा सवारी साधनहरुको लामो लाइन लागेको छ ।

अँस्तिदेखि नै दाउन्ने खण्डमा सवारी साधन सहजसँग चल्न सकेका छैनन् । त्यहाँ एउटा ट्रक बिग्रिएर रोकिएकाले ट्राफिक जाम भएको थियो । सो ट्रकलाई साइड लगाइसकिए पनि हिलाम्मे सडकमा सवारी साधन सन्चालनमा बाधा पुगेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?