
३ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ ।
भोलि (बुधबार) बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि आगामी असार १५ गते बस्नेगरी तय भएको बैठक भोलि नै बस्ने भएकाले आकस्मिक भनिएको मुख्यसचिव पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।
कांग्रेसका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधन भएपछि त्यसको शोक प्रस्ताव पारित गर्ने तयायतका कार्यसूचीमा छलफल गर्न बैठक बोलाइएको हो ।
‘यस्ता घटनापछि बैठक बोलाउने चलन पहिला पनि थियो,’ पौडेलले भने, ‘यसअघि नै १५ गतेका लागि बोलाइएकोमा यसपटक बीचमै बोलाइएका कारण आकस्मिक भनेका हौं । ’
उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा सहभागी हुनका लागि पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
प्रतिक्रिया 4