+
+
Shares

धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ३ असारमा काठमाडौंको धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडप भएको हो।
  • प्रहरीले स्थिति नियन्त्रणमा लिइरहेको र समर्थकहरूबीच विवादपछि झडपको अवस्था सिर्जना भएको बताइएको छ।
  • सोमबार मेयर साम्पाङले कार्यकक्षमा बोलाएपछि बेघालाई उनका समर्थकहरूले हातपात गर्न खोजेका थिए र मंगलबार समर्थकहरूले विरोध प्रदर्शन गरेका थिए।

३ असार, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र उपमेरयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडप भएको छ ।

उपमहानगरपालिका कार्यालय बाहिर समर्थकहरू झडपमा उत्रिएका हुन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिइरहेको छ । दुई पक्षबीच विवाद भएर झडपको अवस्था सिर्जना भएपछि प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

सोमबार मेयर साम्पाङले आफ्नो कार्यकक्षमा बोलाएपछि पुगेका बेघालाई उनका सामर्थकले हातपात गर्न खोजेका थिए ।

मंगलबार भने बेघा पक्षधर उपमहानगर परिसरमा जम्मा भएर साम्पाङ पक्षको विरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?