+
+
Shares

१ करोड १५ लाख चेक अनादरको मुद्दाका प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १८:२७
प्रतिकात्मक तस्वीर

३ असार, काठमाडौं । एक करोड १५ लाख रुपैयाँ बराबरको चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–९ का २६ वर्षीय आयुष साह छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कमलादीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमार्फत कारागार पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

चेक अनादर मुद्दामा उनलाई १ करोड २५ लाख बिगो र २ वर्ष कैदको सजाय तोकिएको पाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?