+
+
Shares

पूर्वमन्त्री शास्त्रीको निधनको शोकमा कांग्रेसले स्थगित गर्‍यो औपचारिक कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते ९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनको शोकमा कार्यक्रम स्थगित गरेको छ।
  • उनको निधनको शोकमा केन्द्रीय कार्यालयको प्रशिक्षण कार्यक्रम असार ४ देखि ६ गतेसम्म स्थगित गरिएको छ।
  • केन्द्रीय कार्यसमितिको बैठक शोकको औपचारिकता दिनको लागि बस्ने भनिए पनि सुरु हुन सकेको छैन।

४ असार, काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री ढुण्डीराज शास्त्री (पौडेल)को निधनको शोकमा पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेको छ ।

पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल)को ९० वर्षको उमेरमा यही असार २ गते काठमाडौंको केएमसी अस्पतालमा निधन भएको थियो ।

उनको निधनको शोकमा कांग्रेसले आफ्ना कार्यक्रमहरु स्थगित गरिसकेको छ । केन्द्रीय कार्यालयमा भइरहेको वातावरण सम्बन्धी प्रशिक्षण कार्यक्रम असार ४ गतेदेखि ६ गतेसम्मका लागि स्थगित भइसकेको छ ।

शोकका कार्यक्रम सम्बन्धी निर्णयलाई औपचारिकता दिन केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक सवा नौ बजेसम्म पनि सुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?