+
+
Shares

पूर्वमन्त्री शास्त्रीलाई सानेपामा श्रद्धाञ्जली (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८२ असार ४ गते १०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वउद्योगमन्त्री र नेपाली कांग्रेसका केन्द्रीय सदस्य ढुण्डिराज शास्त्रीको ९० वर्षको उमेरमा काठमाडौं मेडिकल कलेज सिनामंगलमा निधन भयो।
  • शास्त्रीको पार्थिव शरीर सानेपामा पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ र श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।
  • कांग्रेस सभापति शेरबहादुर देउवाले शास्त्रीलाई पार्टीको झण्डा ओढाएर सम्मान गरे।

४ असार, काठमाडौं । पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका दिवंगत केन्द्रीय सदस्य ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

९० वर्षीय शास्त्रीको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा सोमबार बिहान निधन भएको थियो ।

पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली अर्पण कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले शास्त्रीको पार्टीको झण्डा ओढाएर सम्मान गरेका छन् ।

पार्टीका पदाधिकारी, नेता-कार्यकर्तालगायत सानेपा पुगेर शास्त्रीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । शास्त्रीको पार्थिव शरीर ११ बजेसम्म पार्टी कार्यालयमै राखिने छ ।

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?