+
+
Shares

चाँदीको मूल्यमा रेकर्ड, सुन तोलामा ९ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते ११:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चाँदीको भाउ लगातार बढ्दै गएर बुधबार २ हजार २२५ रुपैयाँ प्रतितोला पुगेको छ।
  • सुनको भाउ ९ सय रुपैयाँले बढेर १ लाख ९५ हजार ९ सय रुपैयाँ पुगेको छ।
  • सुन र चाँदीको मूल्य रेकर्ड तोड्दै क्रमशः बढिरहेको छ।

४ असार, काठमाडौं । चाँदीको भाउमा एकपछि अर्को रेकर्ड बन्न थालेको छ । गत सोमबारको उच्च मूल्य रेकर्ड बुधबार नै तोडिएको छ ।

यस दिन चाँदी प्रतितोला २ हजार २२५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार २ हजार १६० तथा सोमबार २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ भने यसअघि वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?