
News Summary
Generated by OK AI. Editorially reviewed.- काखीको कालोपन हटाउन घरेलु उपायहरू जस्तै दही, मह, बेसन, कागती, बेसार, गुलाब जल, काँक्रो, एलोभेरा, नरिवल तेल, जैतुन तेल, आलु र फिटकिरी पानी प्रयोग गर्न सुझाव दिइएको छ।
- यी उपायहरू हप्तामा २ देखि ३ पटक प्रयोग गर्दा प्रभावकारी हुन सक्छन्।
- स्रोतले भने, यी उपायहरू प्रभावकारी र सुरक्षित मानिन्छन्।
काखीको कालोपन एक सामान्य समस्या हो, जुन प्रायः महिला, पुरुष दुवैमा देखिन्छ । काँखी कालो हुने समस्या प्राय टाइट कपडा लगाउने, धेरै पसिना आउने, रासायनिक डिओडरेन्टको प्रयोग र सेभिङ गर्ने कारणले हुन सक्छ ।
विशेष गरी, स्टाइलिश कपडा लगाएर आकर्षक देखिन चाहने महिलाहरूका लागि कालो काखी असहज बन्न सक्छ । यस्तोमा धेरै महिलाले आफ्नो काखीको कालोपन हटाउन महँगा छाला हेरचाह सम्बन्धी उत्पादनहरू प्रयोग गर्छन्, जुन धेरै प्रभावकारी वा सुरक्षित मानिँदैन । यस्तो अवस्थामा केही घरेलु र प्राकृतिक उपाय अपनाएर पनि काँखीको कालोपनबनट छुटकारा पाउन सकिन्छ ।
१. दही र मह
कालो काखीको समस्याबाट छुटकारा पाउन दही र महको प्रयोग गर्न सकिन्छ । महले छालालाई नरम र मुलायम राख्छ । साथै, छालाको दाग र ट्यानिङको समस्याबाट पनि छुटकारा दिलाउन सक्छ । यसका लागि एउटा कचौरामा २ चम्चा दही लिएर त्यसमा २ चम्चा मह मिश्रण गर्ने । यो मिश्रणलाई काखीमा लगाउने र करिब २० मिनेटपछि मनतातो पानीले धुने । हप्तामा २ देखि ३ पटक यो प्रयोग गर्दा काखीको कालोपन हट्न सक्छ ।
२. दही र बेसन
काखीको कालोपन हटाउन दहीमा बेसन मिसाएर पनि लगाउन सकिन्छ । बेसनले छालामा रहेका मृत कोशिकाहरू र फोहोर हटाउँछ । साथै, यो छालाको रङ सुधार गर्नमा पनि प्रभावकारी हुन्छ । यसका लागि २ चम्चा दहीमा २ चम्चा बेसन मिश्रण गर्ने ।
अब यो मिश्रणलाई काखीमा लगाउने र सुक्न दिने । करिब १५–२० मिनेटपछि पानीले धुने । हप्तामा २ देखि ३ पटक यो प्रयोग गर्दा कालोपन बिस्तारै हट्न थाल्छ।
३. कागती र बेसार
कागती र बेसारले छालालाई भित्रैबाट चम्काउँछ । एक चम्चा बेसारमा केही थोपा कागतीको रस मिसाउने । यो पेस्ट अनुहारमा लगाएर १० मिनेटपछि धुने । यसलाई हप्तामा २ पटक प्रयोग गर्नुपर्छ । यसले कालोपन हटाउनुका साथै छालालाई ताजा र कसिलो बनाउँछ ।
४. गुलाब जल
बेकिङ सोडामा गुलाब जल मिसाएर पेस्ट बनाउने । यो पेस्टले २ मिनेटसम्म काखीमा स्क्रब गर्ने र त्यसपछि धुने । यो विधिले कालो दागलाई बिस्तारै हल्का गर्छ ।
५. काँक्रो
काँक्रोलाई पिसेर त्यसको रस निकाल्ने र कपासले काखीमा लगाउने । १० मिनेटपछि धुने । दैनिक प्रयोग गर्दा यसले छालाको रङ हल्का हुन्छ ।
६. एलोभेरा जेल
ताजा एलोभेरा जेल लगाउने र १० मिनेटसम्म छोड्ने यसले छालाको प्राकृतिक रङ फर्काउँछ र चिल्लोपन पनि बढाउँछ ।
७. नरिवलको तेल
नरिवलको तेलमा एउटा भिटामिन ई क्याप्सूल मिसाएर राति सुत्नुअघि काखीमा लगाउने । यसले छालाको मर्मत गर्छ र चमक फर्काउँछ ।
८. जैतुनको तेल
एक चम्चा चिनीमा जैतुनको तेल मिसाएर काखीमा २ मिनेट स्क्रब गर्ने । त्यसपछि हल्का मनतातो पानीले धुने हप्तामा २ पटक यसको प्रयोग गर्दा छालाको रङमा फरक देखिन्छ ।
९. आलु
आलुमा भिटामिन, खनिज, जिंक र आइरन पाइन्छ । यी तत्वहरूले छालामा रहेका दाग र धब्बाहरू हटाउँछन् । छालालाई स्वस्थ र सफा राख्नका लागि आलुको टुक्रामा एक चिम्टी बेसार लगाएर रगड्ने । ३ देखि ५ मिनेटसम्म रगडेपछि सामान्य पानीले छाला सफा गर्ने । आलुमा रहेका तत्वहरूले जिद्दी दाग र कालोपनलाई सजिलै हटाउँछ ।
१०. फिटकिरी पानी
फिटकिरीको पानीले काखीको कालोपन कम गर्नुका साथै पसिनाको दुर्गन्धलाई पनि रोक्छ । यसले प्राकृतिक डियोडरेन्टको रूपमा काम गर्छ । एक गिलास पानीमा फिटकिरी राखेर रातभर छोड्ने र भोलिपल्ट बिहान यो पानीले काखीलाई धुने ।
यो पानीलाई स्प्रे बोतलमा राखेर पनि प्रयोग गर्न सकिन्छ । यो पानीको प्रयोग लगभग दैनिक गर्न सकिन्छ, तर, त्यसपछि मोस्चराइजरको प्रयोग पनि गर्नुपर्छ ।
प्रतिक्रिया 4