+
+
Shares

निको भएपछि परीक्षामा जुटिन् रचना रिमाल

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका रचना रिमालले स्वास्थ्य समस्या भएता पनि परीक्षामा भाग लिइन्।
  • उनी आन्द्राको संक्रमणपछि अस्पताल भर्ना भएकी थिइन् र घरमै आराम गरिरहेकी छन्।
  • प्रशंसकहरूले उनको हिम्मत र लगनशीलताको प्रशंसा गरेका छन्।

काठमाडौं । निको भएपछि गायिका रचना रिमाल बुधबारदेखि सुरु भएको स्नातक तह तेस्रो वर्षको वार्षिक परीक्षामा सहभागी भएकी छन् ।

प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसकी विद्यार्थी रहेकी रचनाले परीक्षामा भाग लिएकी हुन् । आन्द्राको संक्रमण भएपछि उनले केही दिन ह्याम्स अस्पतालमा भर्ना भएर उपचार गरेकी थिइन् ।

शनिबार डिस्चार्ज भएकी उनले घरमै स्वास्थ्य लाभ गरिरहेकी छन् । यस क्रममा उनी परीक्षा दिन परीक्षा केन्द्रमा पुगेकी हुन् ।

स्वास्थ्य समस्याले सोचेअनुसार तयारी गर्न नसकेको रचना आफैले सामाजिक सञ्जालमार्फत बताएकी छन् । लेखेकी छन्, ‘स्वास्थ्य समस्याले सोचेजस्तो तयारी पूरा गर्न नसकेपनि सकेको राम्रो गर्ने प्रयास गर्नेछु ।’

रचनाले सांगीतिक करिअर र औपचारिक अध्ययन दुवैलाई एकसाथ अघि बढाइरहेकी छन् । प्रशंसकले पनि उनको हिम्मत र लगनशीलताको प्रशंसा गरेका छन् ।

गतसाता सांगीतिक प्रस्तुति दिन रुकुम पश्चिम जाने क्रममा उनी बिरामी परेकी थिइन् । त्यसपछि सेनाको हेलिकोप्टरबाट उद्वार गरेर रचनालाई नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?