
News Summary
Generated by OK AI. Editorially reviewed.- 'मिस्टर र मिस एसईई सुपर मोडल २०२५'को उपाधि श्याम झा र दिब्या थापाले जिते।
- प्रतियोगितामा निर्वाणप्रसाद कर्माचार्य र संवृद्धि सिलवाल फस्ट रनरअप भए।
- प्रतियोगिताले विजेतालाई १ लाख रुपैंया, स्मार्ट फोन र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता अवसर प्रदान गर्यो।
काठमाडौं । ‘मिस्टर र मिस एसईई सुपर मोडल २०२५’को उपाधि क्रमशः श्याम झा र दिब्या थापाले जितेका छन् ।
प्रतियोगितामा निर्वाणप्रसाद कर्माचार्य र संवृद्धि सिलवाल फस्ट रनरअप, स्पर्श तण्डुकार र भेनस राई सेकेण्ड रनरअप, छिरिङ लामा र प्रनिशा खड्का थर्ड रनरअप, भिजन तामाङ र मुस्कान थापा फोर्थ रनरअप, प्रतिज्ञा चौधरी फिफ्थ रनरअप घोषित भए ।
एभरेस्ट इभेन्ट्सको आयोजना र एनप्लस प्रोफेसनलको प्रस्तुतीमा प्रतियोगिता आयोजना भएको हो । अभिव मल्ल ‘फेस अफ एसईई सुपर मोडल २०२५(पुरुष)’, आरियाना खड्का ‘फेस अफ एसईई सुपर मोडल २०२५(महिला)’, कुशल तामाङ र रोज शाक्य ‘ब्रान्ड एम्बासडर’, रिदम सिलवाल र प्रतिक्षा श्रेष्ठ ‘अर्गनाइजर च्वाइस’, प्रनिशा शाह ‘ब्युटी विथ ब्रेन’, परिना श्रेष्ठ ‘पब्लिक च्वाइस’ र कृञ्जल क्षेत्री ‘भ्युवर च्वाइस’ घोषित भए ।
शीर्ष विजेता दुवैले जनही १ लाख रुपैंयाँ, स्मार्ट फोन र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाएका छन् । एभरेष्ट फिल्म एकेडेमीमा १ लाख रुपैंयाँ बराबरको छात्रवृत्ति, आशिका एकेडेमीबाट मेकअप कोर्ष र फ्लाइटेक इन्टरनेशनलबाट एयर होस्टेस तालिमको छात्रवृत्ति प्राप्त गरेका छन् ।
प्रतिक्रिया 4