
News Summary
Generated by OK AI. Editorially reviewed.- सुनिल खनाल र उनका समूहले नदीजन्य पदार्थ उत्खननको विरोधमा कुटपिट गरेपछि नगरपालिकाले नियम पुरा गरेर उत्खनन गरेको जानकारी गराएको छ।
- आँधिखोलामा नदीजन्य पदार्थको उत्खनन २५०० घनमिटरसम्म अनुमति भए पनि ३०७३ घनमिटर निकालेको पाइएको र जरिवाना सहित थप राजस्व लिने निर्णय भएको छ।
- वातावरणीय प्रभाव मूल्याङ्कन अनुसार जोखिमलाई ध्यानमा राखी अनुमति र अनुगमन प्रक्रिया पालना गरिएको नगरपालिकाले जनाएको छ।
४ असार, काठमाडौं । स्याङ्जास्थित आँधिखोलामा गिट्टि, बालुवा र ढुंगा निकाल्न दिइएको विषयले विवाद भएपछि वालिङ नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् गर्न नियम पुरा गरेर भएको जानकारी गराएको छ ।
आँधिखोलामा नदीजन्य पदार्थ उत्खननको विरोधमा मंगलबार कार्यक्रम हुँदा वडा नम्बर १० का वडाध्यक्ष सुनिल खनाल कुटपिटमा उत्रेका थिए ।
खनाल र उनी निकटका व्यक्तिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मेघ आले र नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपाललाई कुटपिट गरेका थिए । नेपालको हातमा चोट लागेको थियो भने हेलमेट फुटेको थियो ।
नदीजन्य पदार्थको उत्खननको विषयलाई लिएर विवाद भएपछि नगरपालिकाले सूचना जारी गरेर स्विकृति लिएर गिट्टि, बालुवा र ढुंगा गरिएको जानकारी गराएको छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार आँधिखोला छेउछाउका बस्तीहरुमा जोखिम हुन सक्ने सम्भावना समेतलाई ध्यानमा राखी मेशिन प्रयोग गरी नदिजन्य पदार्थ उत्खनन् गर्न जिल्ला विपद् व्यवस्थापन समितिसंग अनुमति माग गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन सहितको अनुगमन टोलीले २५०० घनमिटरसम्म उत्खनन गर्न स्विकृति दिइएको तर ३०७३ घनमिटरसम्म उत्खनन गरेको पाइएको नगरपालिकाले जानकारी गराएको छ ।
तोकिएको मापदण्डभन्दा बढी ‘३०७३ घनमिटर उत्खनन् भएको पाइएकोले बढी भएको सामग्रीलाई मिति २०८२।०२।२९ गतेको राजश्व परामर्श समितिको बैठकले जरिवाना सहित थप राजश्व लिई ढुवानी गर्न कार्यादेश दिने निर्णय भएको’ नगरपालिकाले सूचनामा उल्लेख गरेको छ ।
हेर्नुहोस् नगरपालिकाले जारी गरेको सूचना :
प्रतिक्रिया 4