+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्याङ्जामा ‘आँधी खोला संरक्षण’ अभियन्तालाई वडाध्यक्षले कुटे

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १९:१५
अभियन्ताद्वय दिनकर नेपाल र मेघ आले (बायाँ) र वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनाल (दायाँ)

३ असार, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले आँधी खोला संरक्षण अभियानका दुई अभियन्तालाई रडले कुटपिट गरेका छन् ।

नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किएका अभियन्ता दिनकर नेपाल र मेघ आलेलाई वडाध्यक्ष खनालले वालिङ–९, सुर्कौदीमा रडले हानेका हुन् ।

वडाध्यक्षको प्रहारबाट नेपालको हेलमेटको सिसा फुटेको छ भने हातमा समेत चोट लागेको छ ।

आलेलाई उनले धकेलेर नालीमा लडाइदिएका थिए ।

विरोध कार्यक्रमबाट फर्कने क्रममा मोटरसाइकल रोकेर एक्कासी फलामको रडले आफूलाई हानिएको नेपालले बताएका छन् । ‘आँधीखोला दोहन गरिएको हुँदा नदी संरक्षणको माग राखेर विरोध कार्यक्रम घोषणा गरेर फर्किएका थियौं’, उनले भने, ‘त्यसक्रममा वडाध्यक्षले रडले प्रहार गरे, प्रतिकार गर्दा हातमा चोट लाग्यो ।’

हेल्मेट लगाएका कारण आफ्नो ज्यान जोगिएको समेत उनले बताए । ‘जनप्रतिनिधिबाट गुण्डागर्दी भएको छ, प्रहरीलाई कारबाहीका लागि अनुरोध गरेका छौं,’ दिनकरले भने ।

आलेले बाटोमा राकेर केही बोल्ने मौका नदिइ कुटपिट भएको बताएका छन् । ‘कुटपिट भएको केही बेरमा दुई जना प्रहरी पनि आइपुगे, त्यसपछि वडाध्यक्ष यहाँबाट निस्किए’, उनले भने ।

दिनकर र आले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता समेत हुन् । खनाल चाहिँ सत्तारुढ नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?