+

आईपीएल टिम कोचीको निलम्बन प्रकरण : बीसीसीआईलाई ५३९ करोड जरिवाना तिर्न आदेश

२०८२ असार  ४ गते २१:५३ २०८२ असार ४ गते २१:५३
आईपीएल टिम कोचीको निलम्बन प्रकरण : बीसीसीआईलाई ५३९ करोड जरिवाना तिर्न आदेश

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बम्बई उच्च अदालतले आईपीएलबाट कोची टस्कर्स केरलालाई हटाएको निर्णयविरुद्ध बीसीसीआईलाई ५३९ करोड भारु जरिवाना तिर्न आदेश दिएको छ।
  • अदालतले २०१५ को मध्यस्थता निर्णयलाई सदर गर्दै कोची प्राइभेट लिमिटेड र रेन्डेज्भस स्पोर्ट्सलाई क्रमशः ३८५.५० र १५३.३४ करोड तिर्न भनिएको छ।
  • न्यायाधीश रियाज चागलाले भने, 'मध्यस्थता निर्णय प्रमाणमा आधारित सही निष्कर्ष हो र यो कानुनी दायराभित्र पर्दछ।'.

४ असार, काठमाडौं । सन् २०११ को आईपीएल क्रिकेट खेलेको टोली कोची टस्कर्स केरलालाई आईपीएलबाट हटाएको प्रकरणमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)लाई ५३९ करोड भारु जरिवाना तिर्न बम्बई उच्च अदालतले आदेश दिएको छ।

बीसीसीआईले त्यसबेला सम्झौताअनुसार बैंक ग्यारेन्टी समयमै नदिएको भन्दै कोची फ्रेन्चाइजलाई हटाएको थियो। उक्त निर्णयपछि कोची क्रिकेट प्राइभेट लिमिटेड (केसीपीएल) र रेन्डेज्भस स्पोर्ट्स वर्ल्डले यसविरुद्ध कानुनी बाटो रोजेका थिए।

अब अदालतले २०१५ मा भएको मध्यस्थताको निर्णय सदर गर्दै केसीपीएललाई ३८५.५० करोड र रेन्डेन्भसलाई १५३.३४ करोड तिर्नुपर्ने निर्णय सुनाएको हो।

न्यायाधीश रियाज चागलाले भने, ‘बीसीसीआईले प्रमाण र मेरिटको बहस गर्दै मध्यस्थता निर्णयलाई चुनौति दिन खोजे पनि यो कानुनी दायराभित्र पर्दैन। मध्यस्थकर्ताले गरेको निर्णय प्रमाणमा आधारित सही निष्कर्ष हो।’

बीसीसीआईलाई यस निर्णयविरुद्ध अपिल गर्न ६ हप्ता समय दिइएको छ।

कोची टस्कर्स केरलाले आईपीएलको त्यही एक सिजन मात्र खेलेको थियो । महेला जयवर्धने, रविन्द्र जडेजा, ब्रेन्डन म्याकलम, स्टिभ स्मिथजस्ता खेलाडीहरू रहेको कोची त्यसबेला १० टोलीमध्ये आठौं स्थानमा रहेर प्रतियोगिता सकाएको थियो ।

कोची टस्कर्स केरला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय