
५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको आजको बैठकमा वेल घेराउ गरेको छ । आफूहरुले उठाएका माग सरकारले नसुनेको भन्दै रास्वपाले संसद वैठकमा विरोध जारी राखेको हो । तर संसद बैठक भने जारी छ ।
सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्ने समय दिए ।
उनले सरकारले भुइँमान्छेका आवाज नसुनेको भन्दै विरोध जनाए । संसदमा आफूहरुको आन्दोलन जारी रहेको बताएपछि रास्वपा सांसदहरु उठेर वेल अगाडि पुगेका छन् ।
राप्रपाले भने आजको बैठक बहिष्कार गरेको छ ।
सभामुख घिमिरेले आज शून्य समय हटाइएको जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4