
News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्यो।
- मुद्दामा ५१ लाख ७१ हजार रुपैंया नोक्सान भएको आरोप छ।
- आरोपितहरूले सरकारी कोषबाट गाडी खरिद, मर्मतसम्भार, सौन्दर्यीकरण र गेट निर्माणमा रकम दुरुपयोग गरेको आरोप छ।
५ असार, काठमाडौं । सवारीसाधन खरिदमा भ्रष्टाचार गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालिन कार्यकारी निर्देशक बलराम ठाकुर सहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले परिषदका कार्यकारी निर्देशक बलराम ठाकुर, लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जिवीराज शर्मा ढुंगाना, कम्प्यूटर अधिकृत कृष्ण मुरारी सिंह, सवारीचालक विक्की कुमार चौधरी, उपभोक्ता समितिका अध्यक्ष विजय कुमार यादव र कोषाध्यक्ष बविता देव साह, ठेकेदार जितेन्द्र कुमार यादव अनि कार्यकारी निर्देशक बलराम ठाकुरकी श्रीमती इन्दुलेखा कुमारी ठाकुरमाथि भ्रष्टाचारमुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरुमाथि ५१ लाख ७१ हजार रुपैंया नोक्सान गरेको आरोप लगाएपछि आरोपितहरुमाथि मागदावी गरेको विगो रकम फरक फरक छ ।
श्रीमतीको नाममा खरिद गरेको गाडीको सरकारी कोषबाट भुक्तानी दिएको, यात्री निवासको मर्मतसम्भारका नाममा उपभोक्ता समितिमार्फत रकम हिनामिना गरेको, सौन्दर्यीकरण र गेट निर्माणको नाममा रकम दुरुपयोग गरेको अनि गाडीको इन्धन र मोबिलका नाममा राज्यकोषको दुरुपयोग गरेको अख्तियारको आरोप छ ।
प्रतिक्रिया 4