+
+
Shares

रुपन्देही–३ र मनाङ १ (२) मा कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने तयारी

असार १६ भित्र निर्वाचन मिति तोक्ने आयोगको तयारी

प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर ३, गण्डकी प्रदेशसभा मनाङ क्षेत्र नम्बर १ (२) मा रिक्त सदस्यका लागि कात्तिक दोस्रो साता निर्वाचन गर्नेगरी मिति तोक्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १४:३३
निर्वाचन आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्री केपी शर्मा ओली (तस्वीर : सचिवालय)

काठमाडौं, ६ असार । सरकारले देशभर रिक्त जनप्रतिनिधिहरूको उपनिर्वाचन गर्नेबारे तयारी थालेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त विभिन्न पदको निर्वाचनको मिति तोक्नेगरी निर्वाचन आयोगसँग परामर्श गरिएको छ ।

प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर ३, गण्डकी प्रदेशसभा मनाङ क्षेत्र नम्बर १ (२) मा रिक्त सदस्यका लागि कात्तिक दोस्रो साता निर्वाचन गर्नेगरी मिति तोक्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

रुपन्देही ३ मा राप्रपाका सांसद दिपक बोहराको निधन भएपछि पद रिक्त छ । त्यस्तै, मनाङ क्षेत्र नम्बर १ (२) का प्रदेशसभा सदस्य दिपक मनाङेको पदमुक्त भएका छन् ।

आगामी असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ ।

त्यस्तै, स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको निर्वाचन आयोगले जानकारी गराएको छ ।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले भेट गरेका थिए ।

प्रधानमन्त्री ओलीले उपनिर्वाचनका लागि आयोगले गरेको तयारी अनुसार आवश्यक सहजीकरणका लागि नेपाल सरकारका तर्फबाट सहयोग हुने विश्वास दिएको उनको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा आयुक्तहरू डा जानकीकुमारी तुलाधार र सगुनशमशेर जबरा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चाधिकारीलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?