
News Summary
Generated by OK AI. Editorially reviewed.- रेखा थापाको फिल्म ‘उपहार : द जर्नी अफ लाइफ’ २०८० फागुन २५ गते हलमा रिलिज भएको थियो।
- फिल्मले काठमाडौंको सडकमा व्यवसायीको संघर्ष र गरिबको कथा प्रस्तुत गर्दछ।
- यो फिल्म युट्युबमा रिलिज भएको छ र निःशुल्क हेर्न सकिन्छ।
काठमाडौं । रेखा थापाको शीर्ष भूमिका रहेको फिल्म ‘उपहार : द जर्नी अफ लाइफ’ युट्युबमा रिलिज भएको छ । यो समाचार लेख्दासम्म यो फिल्मको इन्टरनेट प्रिमियर भैरहेको छ ।
२०८० फागुन २५ गते हलमा रिलिज भएको यो फिल्ममार्फत रेखाले लामो समयपछि घरेलु फिल्ममा पुनरागमन गरेकी थिइन् । ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्मले काठमाडौं महानगरको सडकमा ब्यापार गरिबस्ने व्यवसायीको सकसको कथा भन्छ ।
सोसल, रोमान्स र कमेडी ड्रामा फिल्मको छायांकन रेखाले गर्भवती भएको समयमा गरेकी थिइन् । फिल्म छायांकन भएको केही समयमा उनी अमेरिका लागिन् र त्यहाँ उनले छोरीलाई जन्म दिइन् ।
फिल्ममा मुकुन भुसाल, पूजा शर्मा, बेनिशा हमाल, शिशिर राणा लगायतका सहायक कलाकार पनि छन् । यो ‘अर्बन स्टोरी’ले सहरका गरिबको दुःख, संघर्ष, सपनाको कथा पेश गर्छ । पछिल्लो समय धमाधम गाउँको कथामा फिल्म बनिरहेको समयमा ‘उपहार’ले ‘अर्बन पोभर्टी’लाई चित्रण गरेको छ ।
तपाईंले यो फिल्मलाई हलमा हेर्नुभएको छ भने निःशुल्करुपमा युट्युबमा उपलब्ध छ ।
प्रतिक्रिया 4