+
+
Shares

हिमालयन एभरेस्टद्वारा ग्रामीण किसानका लागि बीमा सचेतना कार्यक्रम

हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले आगामी दिनमा पनि अन्य स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले सिन्धुपाल्चोकको कुविन्डेमा निर्जीवन बीमासम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गर्यो।
  • कार्यक्रममा करिब २० किसानले बीमाको महत्त्व, प्रयोग र लाभबारे जानकारी प्राप्त गरे।
  • संस्थाले आगामी दिनमा अन्य स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

६ असार, काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड चौतारा शाखाको आयोजनामा ५ असारमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–४ कुविन्डेमा निर्जीवन बीमासम्बन्धी सचेतनामूलक छलफल कार्यक्रम गरिएको छ ।

कुविन्डे दुग्ध संकलन केन्द्रमा आबद्ध करिब २० जना किसानको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा बीमाको महत्त्व, प्रयोग, लाभ र स्थानीय तहमा उपलब्ध निर्जीवन बीमालेखबारे जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमको उद्देश्य ग्रामीण तथा कृषक समुदायमा बीमाप्रति जनचेतना अभिवृद्धि गर्दै जोखिम व्यवस्थापनमा उनीहरूको पहुँच सुलभ बनाउनु रहेको थियो ।

कार्यक्रममा कुविण्डे दुग्ध कृषि सहकारी अध्यक्ष प्रेमप्रसाद सापकोटाले किसानको जीवनस्तर उकास्न बीमा क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै बीमाको पहुँच विस्तार गर्दै दाबी प्रक्रिया सरल र सहज बनाउन बीमा कम्पनीहरू अझ बढी सक्रिय हुनुपर्ने धारणा व्यक्त गरे ।

हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले आगामी दिनमा पनि अन्य स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?