+

फिफा क्लब विश्वकप : अकल्याण्डको पोस्टमा बेनफिकाको आधा दर्जन गोल

२०८२ असार  ७ गते ७:४५ २०८२ असार ७ गते ७:४५
फिफा क्लब विश्वकप : अकल्याण्डको पोस्टमा बेनफिकाको आधा दर्जन गोल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा क्लब विश्वकपको समूह ‘सी’ अन्तर्गतको खेलमा बेनफिकाले अकल्याण्ड सिटीमाथि ६–० को जित निकालेको छ।
  • खेलको पहिलो हाफको अन्त्यमा पाएको पेनाल्टीमा एञ्जेल डि मारियाले गोल गरे भने दोस्रो हाफमा थप गोलहरू भए।
  • बेनफिकाले पूरै नियन्त्रण जमाएको थियो र खेल ६–० को जितले समाप्त भयो।

७ असार, काठमाडौं । फिफा क्लब विश्वकपको समूह ‘सी’ अन्तर्गतको खेलमा पोर्चुगिज क्लब बेनफिकाले न्युजिल्याण्डको अकल्याण्ड सिटीमाथि ६–० को फराकिलो जित निकालेको छ।

खेलको पहिलो हाफको अन्त्यतिर पाएको पेनाल्टीमा एञ्जेल डि मारियाले ४५+८ औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए ।

दोस्रो हाफको ५३औं मिनेटमा भान्जेलिस पाभलिडिसले अग्रता दोब्बर बनाए भने रेनाटो सान्चेसले ५९औं मिनेटमा तेस्रो गोल गरे।

त्यसपछि लिआन्ड्रो बारेरोले ७६औं र ७८औं मिनेटमा दुई क्विक गोल गर्दै अग्रता अझै फराकिलो बनाए।

डि मारियाले अन्तिमतिर ९०+८ औं मिनेटमा दोस्रो पेनाल्टी गोल गर्दै स्कोरलाई ६–० मा पुर्‍याए।

खेलको हाफ टाइमपछि झण्डै दुई घण्टा ढिला गरी पुनः सुरु भएको खेलमा बेनफिकाले पूरै नियन्त्रण जमाएको थियो।

योसँगै बेनफिकाको समूह सी मा २ खेलबाट ४ अंक भएको छ । यस समूहमा बायर्न २ खेलमा ६ अंक जोडेर शीर्षस्थानमा छ ।

बोका जुनियर्स १ खेलमा १ अंकसहित तेस्रो तथा अकल्याण्डले खाता खोलेको छैन । अकल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ।

फिफा क्लब विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय