
७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहकलाई नै प्रवक्ता र महामन्त्री बनाएको छ ।
यसअघि कार्यवाहक महामन्त्री रहेका कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएको छ भने कार्यवाहक प्रवक्ता रहेका मनिष झालाई नै प्रवक्ता बनाएको छ ।
आज बसेको पार्टीको बैठकले बुर्लाकोटी र झालाई पूर्ण जिम्मेवारी दिएको हो ।
रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल बाहिरिएपछि यी दुवै पद कार्यवाहकका रुपमा रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4