+
+
Shares

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको ग्वार्कोमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ओभरपास उद्घाटन भयो।
  • ओभरपासमा शनिबार बिहानदेखि गाडी सञ्चालन हुन थालेका छन्।
  • परियोजना १२ फागुन २०७८ मा ठेक्का लागी चार वर्षभन्दा बढी समय लागेर सम्पन्न भयो।

७ असार, काठमाडौं । ललितपुरको ग्वार्कोमा शुक्रबार उद्घाटन गरिएको ओभरपासबाट गाडि गुड्न थालेका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उक्त ओभरपास उद्घाटन गरिएको थियो ।
ओभरपासमा शनिबार बिहानैबाट गाडी सञ्चालन हुन थालेका छन् ।

१२ फागुन २०७८ मा ठेक्का लागेको यो परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लगाएर निर्माण सम्पन्न भएको हो ।

२०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो ।

तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो ।

तर, फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?