+
+
Shares

भारतमा बन्धक भएका ३५ नेपालीको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते २०:२२

७ असार, काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाउँदै भारतमा बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार भएको छ ।

दिल्लीस्थित नेपाली राजदूतावासले भारतको उत्तराखण्डको काशिपुरमा बोलाएर बन्दी बनाइ कुटपिट र यातना दिँदै रकम असुली गरेको सूचनाका आधारमा ३५ जना नेपालीको उद्धार भएको जानकारी गराएको छ ।

उत्तराखण्ड प्रहर र किन इन्डिया संस्थाको सहयोगमा गत बिहीबार ३५ नेपालीको उद्धार भएको दूतावासले जनाएको छ ।

उक्त घटनासँग सम्बन्धित केहि व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको पनि दूतावासले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

त्यस्तै, उत्तराखण्डको अन्य स्थानमा बन्दी बनाइएका, थप नेपाली युवाहरुको खोजी र उद्धार कार्य जारी रहेको छ ।

साथै उद्धार गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?