+
+
Shares

अब पाँचखालमा कृषि उपज संकलन तथा बजार केन्द्र

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते २०:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको पाँचखालमा विषादी रहित जैविक तरकारी संकलन केन्द्र स्थापना भएको हो।
  • केन्द्रमा उत्पादन भएको कृषि उपजलाई प्याकेजिङ र ब्राण्डिङ गरी काठमाण्डौमा बिक्री गर्ने योजना छ।
  • प्रमुख महेश खरेलले दस वर्षअघि भएको दागलाई मेटाउन सफल भएको बताए।

७, असार, काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखालमा कृषि उपज संकलन तथा बजार केन्द्र स्थापना भएको छ ।

विषादीको प्रयोग नगरी जैविक विषादीको मात्र प्रयोग गरेका तरकारी संकलन गर्न उक्त केन्द्र स्थापना भएको हो ।

एकीकृत शत्रुजिव व्यवस्थापन (आईपीएम) प्रविधिबाट उत्पादन भएको कृषि उपज संकलन तथा बजार केन्द्र सञ्चालनमा ल्याइएको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले जानकारी दिए ।

कृषि उपज संकलन तथा बजार केन्द्रको लागि पनि लवग्रिन नेपालको २५ लाख र पाँचखाल नगरपालिकाको ९ लाख रुपैयाँ साझेदारीका निर्माण भएको हो ।

केन्द्रबाट संकलन भएका कृषि उपजहरुको प्याकेजिङ, ब्राण्डिङ र सर्टिङ गरेर काठमाण्डौ सप्लाई गर्ने उद्देश्य रहेको बताइएको छ ।

यस केन्द्रले नगरमा विषादी रहित तरकारी उत्पादनमा सहयोग पुग्ने जाइका नेपालका प्रमुख प्रतिनिधि माचुजाकी मिजुकीले बताए ।

पाँचखाल नगरका प्रमुख महेश खरेलले एक दशक अगाडि पाँचखालमा उत्पादन भएको ताजा तरकारीको बारेमा दुस्प्रचार गर्दै दाग लगाउने कार्य भएकोमा उक्त दागलाई मेटाउन सफल भएको बताए ।

कृषकले उत्पादन गरेको ताजा तरकारीहरु सुरक्षित राख्न कोल्ड स्टोरको अवश्यक रहेको र सो कार्यको लागि जाइकासँग उनले अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?