
News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी टोलीले नारायणी नदीमा बग्दै आएको करिब ४०/५० वर्षीय पुरुषलाई जीवितै उद्धार गरेको छ ।
- उद्धारपछि उनलाई भरतपुर सरकारी अस्पताल चितवनमा उपचारका लागि पठाइएको छ।
- प्राप्त जानकारी अनुसार, व्यक्तिको पहिचान खुल्न सकेको छैन र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
८ असार, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै आएका एक जना पुरुषलाई सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको छ ।
करिब ४०/५० वर्षीय पुरुष नारायणी नदीमा माथिबाट बग्दै आएको देख्नासाथ पुलचोकबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ती पुरुषलाई जीवितै उद्धार गर्न सफल भएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उद्धारपछि उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल चितवन पठाइएको छ । पहिचान खुल्न नसेका ती व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4