+
+
Shares

राते काइँलाले साइन गरे ‘राम नाम सत्य’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १६:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘राम नाम सत्य’को छायांकन साउनअन्तिम साताबाट सुरु हुने र कलाकार छनोट भइरहेको छ।
  • निर्देशक माइकल चन्दले सुनिल थापालाई नयाँ गेटअपमा देखाउने तयारी गरेको बताए।
  • फिल्ममा लभस्टोरी, एक्सन, रोमान्स र सस्पेन्स शैली रहनेछ, सुशिल श्रेष्ठ वर्कसपपछि काम सुरु गर्नेछन्।

काठमाडौं । साउनअन्तिम साताबाट छायांकनमा जान लागेको फिल्म ‘राम नाम सत्य’को अहिले कलाकारको छनोट कार्य चलिरहेको छ । सँगै, प्रि-प्रोडक्सन चरणका अन्य काम भैरहेका छन् ।

फिल्ममा विराज भट्ट, सुशिल श्रेष्ठ, दिब्या रायमाझी र सुपुष्पा भट्ट तय छन् । यो क्रममा फिल्ममा अभिनेता सुनिल थापा ‘रातेकाइँला’ अनुबन्धित भएका छन् ।

निर्देशक माइकल चन्दले थापालाई यसपटक भिन्न गेटअपमा देखाउने तयारी भएको बताए । उनले भने, ‘सुनिल दाइलाई दर्शकले यसअघि यस्तो अवतारमा देख्नु भएको थिएन । हामी, उहाँलाई विल्कुलै फरक अवतारमा देखाउँदैछौ । जुन अवतारले दर्शकलाई पनि सरप्राइज दिन्छ ।’

फिल्मलाई लभस्टोरी, एक्सन, रोमान्स, सस्पेन्स शैलीमा बनाउने तयारी छ । अभिनेता सुशिल ‘परिवर्तन’ नामक फिल्मको सेटबाट फर्किएसँगै वर्कसप सुरु हुने निर्देशक चन्दले बताए ।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा बन्ने फिल्ममा उपेन्द्र शाही, श्वेता विमली, उत्तम गुरुङको लगानी हुनेछ । डीआर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?