+
+
Shares

सुर्खेतबाट हिँड्दै काठमाडौं आएका बोहराले प्रधानमन्त्रीलाई भने- जुत्ता लाउँछु, दाह्री काट्छु

प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीर धेरै दु:ख नदिइ आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग अभियान्ता नवराज बोहराले भेट गरे।
  • बोहराले सुशासन, विकास, पर्यावरण र पशु संरक्षणका मुद्दा उठाउँदै सुर्खेतबाट काठमाडौंसम्मको यात्रा गरेका थिए।
  • प्रधानमन्त्री ओलीले अभियानलाई शुभकामना दिँदै स्वास्थ्य र परिवारको ख्याल गर्न सुझाव दिए।

८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले भेट गरेका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर बोहराले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्धा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा यही असार ३ गते काठमाडौं आइपुगेका थिए ।

सोही दिन उनी प्रधानमन्त्री ओलीलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए । सो दिन उनी प्रधानमन्त्री व्यस्त रहेको भन्दै बोहराले सचिवालयका सदस्यहरूसँग भेट गरेर फर्किएका थिए ।

बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीर धेरै दु:ख नदिइ आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुराहरू सुनाउन पाएकामा हर्ष व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरुपमा अघि बढ्ने बताएको सचिवालयले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?