+
+
Shares

५ निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते ८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो।
  • सम्बन्धित आयोजना कार्यान्वयन इकाइ र स्थानीय पालिकाको सिफारिसमा प्रक्रिया अघि बढाइएको हो।
  • कम्पनीहरूले ३० दिनभित्र स्पष्टीकरण नदिएमा यी कम्पनीहरू कालो सूचीमा पर्नेछन्।

९ असार, काठमाडौं । पाँच निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरिएको छ ।

तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।

सम्बन्धित आयोजना कार्यान्वयन इकाइ कार्यालय तथा स्थानीय पालिकाको सिफारिसमा अनुगमन कार्यालयले प्रक्रिया सुरु गरेको हो ।

पहिलो पटक ३० दिनभित्र स्पष्टीकरण दिन पत्र पठाए पनि सम्पर्कमा नआएपछि कार्यालयले पुन: ७ दिने स्पष्टीकरण माग गरेको छ । यो म्यादमा उचित स्पष्टीकरणसहित उपस्थित नभएको खण्डमा यी कम्पनीहरू कालो सूचीमा पर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?