+
+
Shares

काउलीको भाउ बढ्यो, किलोको कति ?

एक साताअघिको तुलनामा स्थानीय काउलीको भाउ प्रतिकिलो ४० देखि ५० रुपैयाँ बढेको तथ्यांकले देखाउँछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते १२:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी बजारमा स्थानीय काउलीको भाउ एक सातामा ४० देखि ५० रुपैयाँले बढेको छ।
  • आज सोमबार काउली थोक मूल्य प्रतिकिलो ८० देखि ९० रुपैयाँ रहेको छ।
  • स्थानीय काउलीको मूल्य वृद्धिले बजारमा आपूर्ति र मागको परिवर्तन संकेत गर्दछ।

९ असार, काठमाडौं । बजारमा स्थानीय काउलीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले स्थानीय काउलीको भाउ बढेको देखाएको हो ।

आज सोमबार कालीमाटी बजारमा स्थानीय काउली थोकमा प्रतिकिलो न्यूनतम ८० देखि अधिकतम ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

स्थानीय काउलीको भाउ एक सातादेखि निरन्तर बढ्दो क्रममा छ । एक साताअघि बजारमा स्थानीय काउली प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ५० रुपैयाँमा किनबेच भएको थियो ।

एक साताअघिको तुलनामा स्थानीय काउलीको भाउ प्रतिकिलो ४० देखि ५० रुपैयाँ बढेको तथ्यांकले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?