
News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद सोबिता गौतम र हरि ढकालले भारतको कर्नाटकमा पूर्वउपराष्ट्रपति एम. बैंकैया नायडूसँग भेट गरे।
- भेटवार्तामा प्रवासी नेपालीहरूको अवस्था, समस्या र नेपाल–भारत सम्बन्धका विषयहरूमा छलफल भयो।
- सांसद गौतमले अनौपचारिक भेट भएको र क्षेत्रीय सहकार्यलाई प्रगाढ बनाउन विश्वास व्यक्त गरिन्।
९ असार, काठमाडौं । भारतका पूर्व उपराष्ट्रपति एम. बैंकैया नायडूसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्दवय सोबिता गौतम र हरि ढकालले भेटवार्ता गरेका छन् ।
शनिबार प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्न भारतको कर्नाटक राज्यको बंग्लोरमा पुगेका सांसदद्वय गौतम र ढकालले पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता गरेका हुन् ।
उक्त भेटवार्ताका क्रममा भारतमा रहेका प्रवासी नेपालीहरूको अवस्था, समस्या, नेपाल–भारत सम्बन्धका विविध आयामहरूबारे छलफल भएको सांसद गौमतले जानकारी दिइन् ।
त्यस्तै, आफूहरूले पार्टीका मुल दृष्टिकोण राजनीतिक उद्देश्य र अभियानका बारेमा समेत जानकारी गराएको सांसद गौतमले जानकारी गराएकी छिन् ।
‘यो भेटवार्ता पूर्णत: अनौपचारिक प्रकृतिको थियो । उहाँको आत्मीयता, अनुभव र विचारप्रति हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौं,’ सांसद गौतमले भनेकी छिन् ।
यस्ता संवादहरूले क्षेत्रीय सहकार्य, आपसी समझदारी र जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्याउने विश्वास उनले व्यक्त गरेकी छिन् ।
उपराष्ट्रपति नायडूलाई भारत सरकारले दोस्रो सर्वोच्च नागरिक पुरस्कार पद्म विभूषणले सम्मानित गरेको थियो ।
सांसद गौतम र ढकाल कर्नाटकमा आयोजित पार्टीको सभामा सहभागी भएका थिए । सो क्रममा उल्लेख्य संख्यामा समर्थकको उपस्थिति थियो ।
सोही सभालाई सम्बोधन गर्दै सांसद गौतमले आगामी निर्वाचनमा सहभागी हुनेगरी तयारी गर्न पार्टीका शुभेच्छुकलाई आग्रह गरेकी थिइन् ।
प्रतिक्रिया 4